• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हर सङ्कट दलालहरूको उत्सव हो




खगेश्वर भण्डारी
परनिर्भरताको पराकाष्ठा लामो समयदेख नेपालीले भोग्दै आएका छौँ । तर यसपटकको परनिर्भरता भने सदाको भन्दा भिन्दै स्वरुपमा र अत्यन्त दर्दनाक रुपमा देखिएको छ । जनताको जीवनमरणसँग जोडिएको छ । एकातिर राज्यले जनताको स्वास्थ्य र जीवनको रक्षार्थ निकै कसरत गरेको प्रचार गर्छ त अर्कातिर जनताले उपचार नपाएर मरिराखेको अवस्था छ । कोभिडको दोस्रो भेरियन्टको महामारीले त्राहीत्राही सिर्जना गरेको छ ।

यसबाट बच्न अव सर्वसाधारण गरिब र पहुँच नपुग्ने जनताको लागि असम्भवजस्तै बनेको छ । उपचारको प्रयास गर्दागर्दै मर्नु र उपचारै नपाएरै मर्नुमा धेरै अन्तर छ । गत सालको पहिलो सङ्व्रmमणमा त उपचार विधि नभएको भन्ने नै थियो । तर यसपटक स्थिति फरक छ । उपचारमा अक्सिजन पाएमा मर्ने सम्भावना एकदम कम छ ।

यता सरकारी सञ्चारमाध्यमले ठाउँठाउँमा कोभिड लक्षित हस्पिटल खोलिरहेको प्रचार गरिरहेका छन् भने अर्कोतर्फ सङ्व्रmमितहरूको सङ्ख्या ह्वात्तै बढेको छ । अक्सिजनको अभावमा विरामी दिनदिनै मरिरहेका छन् । बिरामीका आफन्तहरू अक्सिजनको खोजीमा आफूले चिनेजानेका सबैसँग हारगुहार गरिरहेका दृष्य अस्पत्तालका प्राङ्गणमा देखिन्छन ्। पहुँच हुनेहरूले आफ्ना बिरामीलाई तुरुन्तै उपचारका लागि अन्यत्र लग्दै गर्दा पहुँच नहुनेहरू आँखाबाट आँसु खसाल्दै टुलटुलु हेरिरहन्छन ्। पैसा हुनेहरूले हेरिकप्टरमा उडाएर सुविधा सम्पन्न हस्पिटलमा लगेको दृष्य हेरेर गरिब तड्पिँदै मरिरहेका छन् ।

“मलाई बाँच्ने मन छ मलाई अक्सिजन देऊ ।’’ यस्ता चित्कार बिरामीहरूका अन्तरदृष्टिमा आइरहन्छन् भने “मेरो बिरामी बचाइदेऊ म तिमीलाई भगवान मान्छु ।’’ बिरामीका आफन्तहरूले अनुनय विनय गर्दै छन् । अस्पत्तालका स्वास्थ्यकर्मीहरूले विरामीको हालत देखेर पीडाले जलिरहेका छन् । बिरामी बाँच्न सक्छ तर अक्सिजन छैन । मन पिरो पारेर बिरामीलाई सहानुभूति मात्रै दिन बाध्य छन् । स्वास्थ्यकर्मीहरूले बिरामीको प्राण बचाउन हदैसम्मको श्रम गरेका छन् तापनि अक्सिजन र बेडको अभावमा आफ्नै हातले बिदा गर्दैछन् ।

स्थानीय निकायका जनप्रतिनीधिहरू जनतासँग प्रत्यक्ष जोडिएका छन् । उनीहरूका आफन्त र छिमेकीहरू नै बिरामी भएकोले निकै गम्भीर पनि छन् । यस्तो अवस्थामा पनि देशको जिम्मा लिएर बसेका प्रदेश र केन्द्रका जनप्रतिनीधिहरु भने हराएका जस्ता छन् ।

यस्तो भयावह स्थिति पैदा हुनुमा जिम्मेवार को हो ? उपचारै नहुँदो हो त मान्छेले दैवी प्रकोप भनेर स्वीकार्न सक्थ्यो । तर अहिलेको स्थिति त्यो हैन । उचित उपचार पाएमा कोभिड मृत्युदर एकदमै कम हुने छ । यहाँ त उपचारको अभावममा मान्छेको मृत्यु भएको छ । उपचार नपाउनुमा थुप्रै कारण छन् ।

कोभिडबाट बाँच्ने पहिलो उपचार अक्सिजन नै रहेछ । अक्सिजन पाएमा बाँच्न सक्ने बिरामी पनि अक्सिजन अभावमा मरिरहेका छन् । नेपालमा सिलिन्डर उत्पादन नहुनुको परिणाम आज देशले भोगिरहेको छ । राज्यले सिलिन्डर उत्पादनमा कहिल्यै चासो दिएन । यो कमजोरी वर्तमान सरकारको मात्र पनि होइन । विगतका सरकारहरूले पनि स्वदेशी उत्पादनमा चासो नदिएकै हुन् । उपभोगका हरेक वस्तुहरू अन्तराष्ट्रिय बजारबाट खरिद गरेर काम चलाउने तर स्वदेशी उत्पादनमा ध्यान नदिने दलाल व्यवस्थाको परिणाम आजको भोगाई हो । दलाल व्यवस्थामा पूँजीपति तथा व्यापारी वर्गले आफै उत्पादन गर्दैनन् ।

अर्काको उत्पादनबाट मनग्गे नाफा कमाउँछन् । उद्योग खोल्ने, कर तिर्ने, आफैले उत्पादन गर्ने, बजार खोज्नेकाम आफैमा झन्झटिलो हुन्छ । यस्तो झन्झटिलो काम गर्नुभन्दा अर्काको उत्पादनको खरिद विक्री गरी नाफा कमाउन सहज हुने हुनाले दलालहरू उत्पादन गर्नतिर नलागेर अरुको उत्पादित वस्तु खरिद गरी नाफा खाएर विक्री गर्ने गर्छन ् । नेपालको हालत पनि त्यहीँ हो । दलाली व्यवस्थाले देशको उत्पादनमा पूर्णतया परनिर्भरमुखी बनाइदिन्छ । विदेशी उत्पादन खरिद बिव्रmी गरी नाफा कमाउने दलालहरूले पुरै बजार कब्जा गर्छन् ।

यसो भन्दैमा यो सरकारले यसको जसअपजसबाट छुटकारा पाउन सक्दैन । यस्तो सङ्कटग्रस्त अवस्थामा पनि दलालहरूले सरकारलाई समेत मुठीमा राखेका छन् । यसपटक पनि कमिसनमा कुरा नमिलेका समाचार आएका छन् । अक्सिजन सिलिन्डरको कमिसनमा कुरा नमिलेर अत्यावश्यक उपचार सामग्री समेत खरिद हुन सकेको छैन । नीजि अस्पत्तालहरूले हदै नाघेर उपचार खर्च असुलेका छन् ।

दलाल व्यवस्थाको अर्को खराब पक्ष के हो भने जति ठुलो सङ्कट पैदा हुन्छ दलालहरूले यति नै बढी लाभ लिने अवसर पाउँछन् । कतिपय अवस्थामा कृत्रिम अभाव खडा गरेर भएपनि सङ्कटबाट फाइदा लुट्छन् । दलाली व्यवस्था यति क्रुर हुन्छ कि मरेको लासबाट पनि कमिसन तथा फाइदा लुट्छन् । उनीहरू फाइदाविना कुनैपनि काम गर्दैनन् र फाइदाका लागि जस्तोसुकै काम पनि गर्छन् । यो व्यवस्थामा दयामाया भन्ने चिज शून्य अवस्थामा आउँछ ।

वर्तमान अवस्थामा सबै कुरा छर्लङ्ग भएको छ । हेलिकप्टर चार्टरदेखि स्यानीटाइजर र एम्बुलेन्सदेखि मास्कको मुल्यमा समेत अनधिकृत मूल्य चलिरहेको छ । अक्सिजन सिलिन्डरदेखि हस्पिटल चार्जमा पनि कमिसन र चर्को मूल्यको खेल चलेको छ । मुनाफाको लागि दलालहरूले यस सङ्कटको घडीलाई ठुलो अवसरको रूपमा लिएका छन् । मानवीय संवेदना, सेवाभाव तथा मानवताविहिन क्रुर मानसिकताको उच्चतम रुप उनीहरूले प्रदर्शन गरेका छन् ।

सङ्कट परेका बखत मान्छेहरू पैसा भन्दा काम ठुलो देख्छन् । यसकारण धेरै पैसा खर्च गर्नलाई नागरिक हिच्किचाउँदैनन् तर दलालहरू कामभन्दा पैसामा आँखा लगाईरहेका हुन्छन् । नागरिकको बाध्यताको राम्रै अध्ययन गरेर चर्को मुल्य लिन्छन् र मुनाफा कमाउँछन् । देशमा सङ्कट उत्पन्न हुनु दलालहरूलाई ठुलो अवसर मिल्नु हो । यसकारण सङ्कटकाल दलालहरूको उत्सव हो ।

Facebook Comments