• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अक्सिजन नपाउँदा बेलझुण्डीमा एक संक्रमितको मृत्यु




अक्सिजनको अभाव हुँदा कोरोना बिशेष अस्पताल बेलझुण्डीमा एक संक्रमितको ज्यान गएको छ ।

अक्सिजन सकिएको पन्ध्र मिनेटपछि ४८ बर्षीय ती पुरुषको मृत्यु भएको हो । उनको निधन भएको केही समयपछि नेपालगञ्जबाट अक्सिजन आइपुगेको थियो । अहिले ६० जनाको उपचार भइरहेको अस्पतालमा साझ ८ बजेसम्मका लागि अक्सिजन भए पनि त्यसपछि पुनः समस्या पर्ने छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारीसहितको टोलीले छलफल गरी अक्सिजनका लागि तदारुकता देखाएको छ । सिमेन्ट उद्योगमा रहेका सिलिण्डर झिकाएर अक्सिजनको आपूर्ति गर्ने गरी तत्काललाई ब्यवस्था मिलाइएको छलफलमा सहभागी नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले जानकारी दिनुभयो ।

यद्यपि यतिले मात्र समस्या समाधान हुने छैन, जहाँ जहाँ अक्सिजन छन्, सबै अस्पतालाई उपलब्ध गराउन पनि निरन्तर आग्रह हुँदै आएको छ ।

Facebook Comments