• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
श्रमिक दिवसको अवसरमा शुभकामना




अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले शुभकामना दिएको छ ।
केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले विज्ञप्तिमार्फत शुभकामना दिनुभएको हो ।
प्रस्तुत छ शुभकामना वक्तव्यको पाठः

आज मई १ , २०२१ । १ मई संसारभरका सम्पूर्ण मजदुर श्रमजीवी वर्ग अर्थात् अन्तर्राष्ट्रिय सर्वहारावर्गको एक ऐतिहासिक दिन हो । यस दिनलाई संसारभरका सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गले एक ऐतिहासिक पर्वको रुपमा मनाउँदै आएका छन् । तसर्थ आज संसारभर सम्पूर्ण सर्वहारा श्रमजीवीहरुले १३२ आौ मई दिवस धुमधामका साथ मनाउन गइरहेका छन् ।

विश्वभरका सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गले सञ्चालन गर्दै आएको यस ऐतिहासिक आन्दोलनप्रति विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ऐक्यबद्धता जाहेर गर्न चाहन्छ ।

हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले आजको युग साम्राज्यवाद र सर्वहारावर्गबीच भीषण वर्गसंघर्षको युग हो । यस युगमा विश्व सर्वहारा क्रान्ति अर्थात् विश्व वैज्ञानिक समाजवादी क्रान्तिले मात्र विश्व मजदुर वर्ग अर्थात अन्तर्राष्ट्रिय सर्वहारावर्गले आफ्नो वर्गीय मुक्ति प्राप्त गर्ने भएकोले विश्व वैज्ञानिक समाजवादी क्रान्तिमा लामबध्द हुनुको विकल्प छैन भन्ने वैज्ञानिक तथा माक्र्सवादी सच्चयाई प्रति हाम्रो संगठन प्रतिबध्द भएको जानकारी गराउन चाहन्छौं । धन्यवाद ।
क्रान्तिकारी अभिवादन सहित ।

१ मई २०२१
हस्तबहादुर केसी
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यलय काठमाडौं , नेपाल

Facebook Comments