• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कुनै पनि बहानामा विद्यालय सञ्चालन नगर्न अखिल क्रान्तिकारी घोराहीको आग्रह




कोरोना संक्रमणका कारण जोखिम बढे पनि बिभिन्न विद्यालयले बिभिन्न बहानामा विद्यालय सञ्चालन गरिरहेको भन्दै तत्काल बन्द नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी घोराहीले आग्रह गरेको छ ।

घोराही उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउँदै सो संगठनले यस्तो आग्रह गरेको हो ।

ज्ञापनपत्रको पूर्ण पाठः

श्रीमान् नगर प्रमुख ज्यू,
घोराही उपमहानगरपालिका घोराही दाङ
विषय ः ध्यानाकर्षण सम्बन्धमा
उपरोक्त सम्बन्धमा हाम्रो महान तथा गौरबशाली संगठन अनेरास्ववियु (क्रान्तिकारी) सदैव शैक्षिक मुद्धा सहित राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका ज्वलन्त विषयवस्तुहरुमा निरन्तर आवाज उठाईरहेको कुरा अवगतै छ । यसै सन्दर्भमा कोरोना प्रकोपले विश्वव्यापी प्रभाव पारिहेको हुँदा उक्त प्रभावबाट हाम्रो घोराही उपमहानगरपालिका पनि अछुतो रहेको छैन । कोरोनाको प्रभाव सबैभन्दा बढी संक्रमण र जोखिममा हुने क्षेत्रमध्य विद्यालय क्षेत्र र विद्यार्थी बालबालिका रहेका छन ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्र्रस्तावमा मन्त्रिपरिषदको २०७७÷०६÷२० गतेको निर्णय अनुरुप विद्यालय सञ्चालनसम्बन्धि कार्यढाँचा २०७७ मा जनस्वास्थ्य र सुरक्षा मापदण्डअनुसार आफ्नो क्षेत्रभित्र रहेकाविद्यालयहरुको अवस्था जोखिम विश्लेषण गरी विद्यालय संचालन र विद्यालय बन्द गर्ने अधिकार स्थानिय तहलाई दिएको छ । यसै सन्दर्भमा घोराही उपमानगरपालिकाले २०७८÷०१÷०६ गते सम्पूर्ण विद्यालय तथा पठनपाठन बन्द गर्न निर्देशन गरेको छ । तर परीक्षा, ट्युसन, कोचिङ जस्ता बहानमा विद्यालय संचालन भईरहेको पाइरहेकोले तत्काल त्यस्ता गतिविधि नियन्त्रण गर्न कडा कदम चाल्नका लागि हार्दिक अनुरोध गरिन्छ ।

साथै जनताको स्वास्थ्यको रक्षाका लागि आवश्यक सचेतना, भिडभाड नियन्त्रण, एवम स्वास्थ्य सामग्री तत्काल व्यवस्थापनका लागि घोराही उपमहानगरपालिकाले क्वारेन्टाईन, आइसोलेन कक्ष सहितको उचित सुविधा सम्पन्न कोरोना अस्पतालको व्यवस्था गर्न जोडदार माग गर्दछौ । साथै पिसिआर टेष्ट र संक्रिमितहरुको निशुल्क रुपमाउपचारको व्यवस्था गर्न अनुरोध गर्दै महामारी नियन्त्रणमा जिम्मेवारी ढङ्गले प्रस्तुत हुन आग्रह गर्दछौ ।

हिमाल महरा
(अध्यक्ष)
घोराही नगर अध्यक्ष, अखिल क्रान्तिकारी

Facebook Comments