• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दलित मोर्चा बंगलाचुलीको बैठक, वडासम्मका कार्यक्रम घोषणा




नेपाल दलित मुक्ति मोर्चा बगलाचुली गाउपालिका को प्रथम बिस्तारित बैठक कमिरेचौर मा सम्पन्न भएको छ ।

बैठकले गाउपालिकाका ८ वटै वडाको भेला र बैठक मिति निर्धारण गरेको छ ।

गाउपालिका सहसयोजक बामदेब बिकको अध्यक्षता एवं मोर्चा दाङ जिल्ला सयोजक हिरालाल सुनार ‘सारथि’को प्रमुख अतिथ्यतामा बसेको बैठकले बैशाख १५ गते १ र २, बैशाख २० गते ३ र ४, बैशाख २५ गते ५ र ६ बैशाख ३० गते ७ र ८ मा वडास्तरको भेला गरिसक्ने भएको छ ।

बैठकले जिल्ला कमिटीले तोकेको १००० साधारण सदस्य अनिवार्य पूरा गर्ने गरि सबै वडालाइ कोटा तोकेको छ ।

बैठकमा प्रमुख अतिथि हिरालाल सुनार सारथि , नेकपा माओवाद केन्द्र बगलाचुली अध्यक्ष डोमाकान्त कवर, मोर्चा दाङ जिल्ला सचिवालय सदस्यहरु गुमान सिङ बिक, प्रेम दमाई गिरिराज बिकलगायतले बोल्नुभएको थियो भने बैठकको संचालक बामदेब बिकले गर्नुभएको थियो ।

Facebook Comments