• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दलित मोर्चा लमहीले पालिकाब्यापी अभियान चलाउने




नेकपा माओवादी केन्द्रनिकट नेपाल दलित मुक्ति मोर्चा लमही नगर समितिको पूर्ण बैठकले पालिकाब्यापी अभियानका कार्यक्रम तय गरेको छ ।

नगर समिति संयोजक प्रकाश सुनामको अध्यक्षता एवं माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य अमर योगी ‘नवीन’को प्रमुख आतिथ्यमा भएको बैठकले वैशाख १६ देखि ३१ गतेसम्म चल्ने गरी अभियानका कार्यक्रम तय गरेको छ । अभियान पालिकाका नौ वटै वडामा चल्ने छ । बैठकले सबै वडामा संयोजक र सहसंयोजक पनि तोकेको छ ।

बैठकमा प्रमुख अतिथि योगी, जिल्ला सदस्य ंएवं नगर सचिव बसन्तराज शर्मा ‘बिक्रान्त’, मोर्चाका जिल्ला संयोजक हिरा सुनार ‘सारथी’, भरत दुलाल, नमसरा बिकलगायतले बोल्नुभएको थियो । बैठकको सहजीकरण धनु परियारले गर्नुभएको थियो ।

Facebook Comments