• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङको अध्यक्षमा सन्जय




अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङको तेस्रो जिल्ला भेला घोराहिमा सम्पन्न भएको छ।

“दलाल संसदीय व्यबस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाको लागि हाम्रो आन्दोलन,श्रमिकहरुको पुर्ण समानताको लागि तेस्रो दाङ जिल्ला भेला”भेला भन्ने मुल नाराका साथ भेला सम्पन्न भएको हो ।

भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा राप्ती व्युरो सदस्य सबिन पोख्रेलले मजदुर आन्दोलनको चरित्र बदलिएको साथै मजदुर र मालिक बिचको अन्तर्बिरोध पनि बदलिएको बताउनुभयो । उहाले मजदुरलाइ २४ घण्टा काममा व्यस्त बनाइदिने र आफुहरुमाथिको दमन,उत्पीडनका विरुद्ध बिद्रोह गर्नबाट रोक्ने पुजिबादी नया चरित्र भएको ठहर गर्नुभयो।

प्रमुख अतिथी पोख्रेलले पुजिबादले मानबिय श्रमशक्तिलाइ न्यूनीकरण प्रबिधिको व्यापक प्रयोग गर्दै संसारका बहुसंख्यक मान्छेलाइ बेरोजगार बनाइरहेको बताउनुभयो। आफ्नो पार्टी र नेपाल सरकार बिच भएको बार्ताको प्रसंग जोड्दै उहाले घोर प्रतिक्रियावादी तत्वले ३ बुदे सहमतिलाइ सेबोटेज गर्न चाहेको जिकिर गर्नुभयो । उहाले भन्नुभयो,”बार्तालाई सबै शक्तिले अनुमोदन गरे तर केही प्रतिक्रियावादी तत्वहरु आत्तिए ।”

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बिशिस्ट अतिथी नेकपा दाङ जिल्ला इन्चार्ज प्रदिप वलिले दलाल व्यब्स्थाका विरुद्ध मजदुरहरु संगठित भइ एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजबाद स्थापना गर्न अपिल गर्नुभयो।

शुभकामना मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी गणेश चौधरीले समाजवादी राज्यव्यवस्थामा गास,बाँस,कपास,शिक्षा,स्वास्थ्य रोजगार राज्यले ग्यारेन्टी गर्ने बताउनुभयो।

कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ राप्ती व्युरो संयोजक डिल्ली वलिले मजदुरमाथी राज्यले गरेको दमन,उत्पीडन र थिचोमिचोका विरुद्ध संगठनले कडा संघर्ष गर्ने उद्घोष गर्नुभयो।उहाले राज्यले कलकारखानामा मान्छेलाइ बेचेको बताउनुभयो।

शुभकामना मन्तव्य राख्दै बिशिस्ट अतिथी नेकपा नारायणी वुरो सदस्य बिकाश वलिले दाङमा मजदुरहरुका हक अधिकार स्थापित गर्न भेलाले जुझारु समिती निर्माण गर्न शुभकामना दिनुभयो।

कार्यक्रममा दाङ जिल्ला सदस्य जनक,महान,मगर मुक्ती मोर्चा दाङका संयोजक सिबेन्द्र,जनपत्रकार संगठन नेपाल दाङका संयोजक हेमन्तप्रकाश वलि,अखिल नेपाल शिक्षक संगठन दाङका अध्यक्ष डिल्ली डिसि,अखिल(क्रन्तिकारी) दाङका अध्यक्ष अमर खड्का,युवा संगठन घोराही नगर अध्यक्ष पदम,दलित मुक्ती मोर्चा दाङ जिल्ला सह-सचिब पंचराम नेपाली को आतिथ्यता रहेको थियो।

अभ्यासको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङ जिल्ला संयोजक सन्जय वलिले गरेका थिए भने सन्चालन दिनेश नेपालिले गरेका थिए।

तेस्रो जिल्ला भेलाले सन्जय वलिको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ जसको उपाध्यक्षमा दिनेश नेपाली,सचिबमा अभ्यास,सह-सचिबमा प्रेम परियार र कोषाध्यक्षमा राम बहादुर बिक रहेका छन ।

Facebook Comments