• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हात धुने धारा बनाउने खोलीगाउँको अठोट




घोराही १४ ट्राफिक खोलीगाउँका वासिन्दाले शौचालय नजिक पानीको धारा बनाउने अठोट गरेका छन् । उनिहरुले अहिले सम्म बाल्टीको पानी जग बाट उबाएर हातधुने गरेको बताए । त्यसो गर्दा सावुनको फिँज पानीमा मिसिने त्यस सगै दिसा जन्य फोहोर खाइने चिन्ता व्यक्त गरे ।

पिसाव गरेपछि आफै बगेर जान्छ भनेर पानी नहाली चर्पि गन्हाउने धेरै रहेको उनिहरुको भनाई थियो । घर घरै गएर शौचालय हेर्न र गन्ध आउनेको सफागर्न लगाउने वेलमती नेपालीले बताउनुभयो ।

आफ्नो सरसफाइ नगरेर आफ्नै शरीर बर्बाद हुनेभएकाले पनि ध्यान दिने विमला अधिकारीको भनाई थियो । घर घरै डस्टविन राख्ने, बाटोमा हिड्दा गोजीमा राख्ने बाहिर नफाल्ने नियम टोलमा बसाल्ने भिकु बुढाले बताउनुभयो ।

कुन फोहोरले कति असर गर्छ भन्ने थाह नहुँदा धेरैको स्वास्थ जोखिममा परेको घोराही १४ का वडा सदस्य नैनाकुमारी चौधरीको भनाई थियो । बाहिर राम्रो देखिनेले भित्री कपडामा फोहोर नबोक्न सदस्य चौधरीले आग्रह गर्नुभयो ।

महंगा फेसन गर्नेहरुका भित्रि वस्त्र घिनलाग्दा हुने गरेको धेरैको प्रतिकृया थियो । त्यसो गरे शरीर रोगको घर हुने चिन्ता व्यक्त गरे । टोलका लागि भएको पुर्ण सरसफाइ कार्यक्रम सहजीकरण तिलक डिसीले गर्नुभएको थियो ।

Facebook Comments