• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
साझालाई अभावबाट टार्न पहल पुग्ला ?




आज भन्दा ठिक एक महिना नौदिन अघि साझा प्रकाशन मुख्य शाखा कार्यालय घोराहीलाई पार लगाउन घनिभुत छलफल भयो । राप्ती साहित्य परिषदमा भएको पत्रकार साहित्यकारको सुझावले ठुलै भरोसा जगायो । तर, कार्यान्यनको ठोस परिणाम नआउँदा पहल पुगेनकि जस्तो संका छ ।

समयमा तलव नपाएको लगाएतका समस्याले धेरै कर्मचारीले एकै चोटिजसो साझा छोडेका थिए । त्यस लगतै नयाँ नेतृत्व सहितको टिम आयो । त्यसले झन् साझालाई संकटतर्फ लग्यो । łयो मुर्दा कुरेर बस्दैन । चाँडै लगे हुन्छ । त्यसैवखतका प्रमुखले बोलेको यो वाक्ले प्रगतिशिल लेखक संघ दाङका अध्यक्ष भुवन देवकोटालाई पटक पटक निकै घोँच्छ ।

तत्कालीन प्रमुख भिमकल्याण पौडेलले छाडेको पनि धेरै वर्ष भयो । तर देवकोटालाई भने झन्झन् ताजा जस्तो लाग्छ । उहाँकै शब्दमा अहिले सम्म पनि चित्त बुझाउँदो कुनै काम भएको छैन । न त वेला वखत दिएका सुझावको कार्यान्वयन र कर्मचारीहरुमा उर्जानै देखिन्छ ।

यसै सन्दर्भमा गत फागुन २५ गते साझाप्रकाशनका सदस्यहरु हरिप्रसाद भण्डारी र डोरप्रसाद अर्यालको टोलि घोराही आयोे । उहाँहरुलाई सल्लाह दिने क्रममा पनि देवकोटाले त्यहि मुर्दा शब्द बाट शुरु गर्नुभयो । उपस्थित सबैजसोले मधुवन टोलमा रहेको साझा पाएक पर्ने ठाउँमा सार्नुपर्ने मुख्य सुझाव दिए । साझाको विकास गर्ने अनेक उपाए सुझाए । त्यस मध्यको सबैभन्दा जटिल सवाल साझाले घर भाडा तिर्न नसकेको देखियो ।

चहलपहल नहुने क्षेत्रमा साझा राखेर पनि कारोवार कम भएको हो कि भनेर नागरीक समाज दाङका संयोजक केवि मशालले संका गर्नुभयोे । उहाँले देखिने भेटिने ठाउँमा सारेपछि कारोवार बढ्ने विश्वास व्यक्त गर्नुभयो । त्यसका लागि सरकारी कार्यालयका प्रशसस्तै खाली भवन छन् । भवनकै कारण साझा चल्नै सक्दैन भन्नु लाजमर्दो कुरा हो । सम्भावना धेरै छन् ।

पठन संस्कृतिको विकास गर्न पाठकहरु विच छलफल हुनुपर्ने घोराहीका पाठक एवं लेखकको सुझाव छ । त्यसका लागि आवश्यक हलको व्यवस्था सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष शुसिल गौतमले वताउनुभयो । पहिला सर्टरका व्यवस्थ ागर्न उहाँको सुझाव छ । यसरी मसालको सुझाव र गौतमको आश्वासनले समस्यै नरहेको जस्तै बनायो । नयाँ पुस्तक ल्याउने ।

त्यसको विषयमा चर्चा गर्ने । साहित्यकार लेखक पत्रकार संग छलफल गर्ने काम नहुँदा साझाको महत्व घटेको गौतमको भनाई थियो । मासिक पत्रिका गरिमालाई निरन्तर प्रकाशन गरेमात्रै पनि प्रगति हुने राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनालले सुझाव दिनुभयो । चाँडै शुरु गर्न सुझाव दिनुभयो ।

यस अघिको समितिले दाङबाट साझा प्रकाशनको मुख्य शाखा हटाउने निर्णय गरीसकेको छ । त्यस वेला जोगाउन हस्ताक्षार संकलन, ज्ञापन पत्र बुझाउने लगाएत अनेकौ संघर्षका कार्यक्रम देवकोटाकै अगुवाईमा भएका थिए । सार्न आदेश आएको साझा जोगिएको थियो । घर भाडा तिर्न नसकेपछि घोराही उपमहानगरपालिकाको न्यायीक समितिमा घर वेटिले उजुरी दिए । साझाको जिवनमा सबैभन्दा लाजमर्दो अवस्था सिर्जना भयो । यसरी आफै धानिन नसक्ने विजोग बाट गुज्रीदै आएको निकै लामो समय भई सकेको छ ।

तत्कालीन महाप्रवन्धक डोलेन्द्र शर्मा घोराहीको न्यायीक समितिमा उपस्थित भई घरभाडाको समस्या समाधान गर्नुभएको थियो । त्यसपछि अहिले सम्म रोकिएको छ । थप आन्दोलन गर्नुपरेको छैन । आन्दोलन उग्रबनाउनु नपरेपनि बसीरहन्छ भन्ने हाईसुक्के हुने अवस्था छैन । त्यस वेला नेतृत्व गर्नुभएका देवकोटा झनै चिन्तीत हुनुहुन्छ । सबै विकल्प खोज्न तयार । जस्तो सुकै आन्दोलन गर्नपनि तयार तर साझा अन्त जानै दिँदौनौ भन्ने अडान छ । व्यापारीक एवं नाफा मुलक संस्था हुँदा हुँदैपनि, साझा आफैले विकास गर्न सकेको छैन ।

अहिले सम्मको अवस्था अनुसार एउटा कर्मचारी पठायो । साझा दिनदिनै जसो बन्द भयो । नयाँ पुस्तक आउँदै आएनन् । साझाको संकट गहिरीदै गरेको छ । त्यस अघि तिन चार जना कर्मचारी हुन्थे । मार्केटिङ गरिन्थ्यो, त्यो प्रकृया सब बन्द भयो । यहाँका लेखक पाठकका अनुसार साझामा भेटघाट र छलफल गरिदैन । सुधारको लागि केन्द्रले पनि चासो राखेन । उसका अनेकौ कमजोर सुधार्ने तर्फ ध्यान दिएन । घोराहीमा रहेका व्यक्तिका पुस्तक पसल संग सझा भिड्न असक्षम भयो । फेरी मुर्दाको रुपमा निरन्तरता पायो । चिन्ताको विषय बन्यो ।

łसाझाको भन्दा थोरै पुस्तक राखेको छु् । मैले परिवार चलाउँछु । कर्मचारीलाई तलव दिन्छु घर भाडा तिर्छु । पुस्तक व्यवसायी लालमणि लम्सालले भन्नुहुन्छ, łसाझाका कर्मचारीले पुस्तकको धुलोपनि झार्नुहुन्न । खोजेको पुस्तक भेटाउन पनि सक्नुहुन्न कसरी हुन्छ ? उहाँका अनुसार लगाव र इमान्दारीता छैन । यसैबाट कमाई खाने हो, मेरो व्यवसाय हो भन्नुपर्छ । तर, यो संस्थाको हो मैले मात्रै गरेर के हुन्छ र ? तलव आईहाल्छ भन्ने गलत मनसाय छ । त्यसलाई नबदले सम्म साझाले विकास गर्न सक्दै सक्दैन ।

लुम्विनी प्रदेशको राजधानी दाङ बनिसकेपछि साझा घोराहीबाट अन्त सार्न सजिलो भने छैन । यस क्षेत्रका साहित्यकार पत्रकारले कुनैपनि हालतमा सर्न नदिने अडान लिएका छन् । सार्ने शब्द पनि उच्चारण नगर्न प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारीको सुझाव छ ।

साहित्यकार डा कृष्णराज डिसी लगाएत पाठक एवं साझाका ग्राहक गौरब ठान्छन् । तर पनि सबैभन्दा ठुलो समस्या घर भाडा तिर्न नसक्नु रहेको लामो समय निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका दुर्गाबहादुर डाँगिको भनाई छ । त्यस संगै आवश्क कर्मचारी र नयाँ पुस्तक आउँदैनन् । कारोवार नहुँदा वत्ति, टेलिफोन र पानीको विल तिर्न मुश्किल पर्छ । यस्तो अवस्थालाई अन्तय गर्न सबैक्षेत्रबाट आवश्यक पहल थाल्न जरुरी छ ।

साझाका आफ्नै प्रकाशनका नयाँ संस्करणका पुस्तकहरु निजि पुस्तकपसलमा भेटिन्छन् । जनकशिक्षाले छाप्ने पुस्तक मात्रै बेच्न पाएपनि साझा उभो लाग्ने जानकारहरुको सुझाव छ । विद्यालयका पुस्तक साझाले विक्री गर्दथ्यो । शब्दकोष, व्याकरण तथा कापि हरुपनि साझाले बेच्ने गर्दथ्यो । स्टक सकिएको पुस्तक अर्डर गरिन्थ्यो । नयाँ प्रकाशन भएको चाँडै शाखामा पुग्थ्यो । अहिले अर्डर गरेको पुस्तक पनि ल्याउन नसक्ने अवस्था छ ।

त्यति व्यवस्थित साझालाई लथालिंग भता भुंग सञ्चालक समितिले बनाएको आम बुझाई छ । पहिला साझाले केन्द्रबाटै सुद्धिकरण सुदृढिकरण गरेर परिवर्तनको शुरुवात गर्नुपर्छ ।
छलफलका लागि आएको भण्डारी नेतृत्वको टोलिले आफ्नै जमिनमा भवन बनाएर दिगो रुपमा साझा चलाउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

अल्पकालका लागि भएपनि निशुल्क सटर उपलब्ध गराउन पहल गर्न देवकोटाकै संयोजकत्वमा राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष पुरुसोत्तम खनाल, लेखक संघका अध्यक्ष खगराज न्यौपाने, परिषदका जिल्ला अध्यक्ष कमलमणि देवकोटा, पुस्तक व्यवसायी लालमणी लम्साल र पत्रकार गोविन्द खड्का सहिति शाखा प्रमुख सदस्य सचिव हुने गरी साझा सहयोग समिति गठन गरेको थियो । त्यसले अनेकौ विकल्प खोज्ने र आवश्यक पहल गर्ने मौखिक जिम्मेवारी पाएको छ ।

सो सहमितिले जिल्ला हुलाक कार्यालय दाङलाई एउटा सर्टर उपलब्ध गराईदिन आग्रह ग¥यो । साझालाई उपलब्ध गराउन लचिलो हुने हुलाक कार्यालय प्रमुख शोभाराम बस्नेत विश्वास दिलाउनुभयो । त्यसका लागि केन्द्रमा पहल गर्न सुझाव दिनुभयो । हुलाक कार्यालयको नयाँ भवनमा तिनवटा सर्टर खाली छन् ।

एउटा उपलब्ध गराउन समितिले आग्रह गरेकोछ । दिने मनसाय भएपनि हुलाकको केन्द्रबाट निर्देशन नआउँदा सम्म केहि गर्न नसकिर्ने हुलाक अधिकृत वस्नेतले जवाफ दिनुभएको छ । साझाले हुलाकलाई सहयोगको लागि पत्र लेख्नुपर्ने छ । हुलाकले त्यसकै आधारमा निर्देशन दिए जिल्लाले सर्टर उपलब्ध गराउने छ । सकभर निशुल्क सटर उपलब्ध गराउन साझाले आग्रह गरेको छ ।

त्यसरी प्राप्त भयो भने साझाले धेरै विकास गर्ने स्थानिय अगुवाको विश्वास छ । साझा मौलायो भने दाङको ईज्जत प्रतिष्ठा बढ्ने विश्वास गरिएको छ । अहिले घर भाडामै अल्भिएको छ । त्यसको ठोस उपलब्धि भने छलफल भएको एक महिना नाघ्दा समेत हुन नसकेको साझा प्रकाशन सहयोग समितिका सदस्य कमलमणि देवकोटाको भनाई छ ।

Facebook Comments