• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङ कलेजमा अटोकार्ड प्रमाणपत्र वितरण




राप्ती इञ्जिनियरिङ कलेजमा वि.ई. सिभिल आठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीका लागि संचालन गरिएको अटोकार्ड तालिमको प्रमाणपत्र वितरण गरिएको छ ।

२०७७ चैत्र १ गते देखि १२ गतेसम्म संचालन भएको तालिमका प्रशिक्षक उमा भंदेलले प्रशिक्षण दिनु भएको थियो । समान कार्यक्रममा उहाँले आफुमा भएको सीपको प्रयोग गरेर मात्र रोजगारी सृजना गर्न सकिने भएकोले विद्यार्थी आफै अग्रसर भएर मेहनतका नयाँ नयाँ ज्ञानको बारेमा खोज अनुसान्धान गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी कलेजका एकेडेमिक कोर्डिनेटर एवं विई. सिभिल विभागिय प्रमुख ई. बाबुराम जोशीले ध्यानपूर्वक सिकाइले मात्र सफल र निश्चित उद्देश्यमा पुग्न सकिने बताउनुभयो ।

राप्ती इञ्जिनियरिङ कलेजकां सहायक लेक्चरर ई. सुनिल थापा क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता कलेज व्यवस्थापन समिति अध्यक्ष एंव प्रबन्धनिर्देशक भीमसेन गिरीले गर्नु भएको थियो ।
अध्यक्ष गिरीले यो तालिमबाट विद्यार्थी स्वरोजगार तथा रोजगारी प्राप्त गर्नको लागि िवद्यार्थीहरुले तालिमबाट सिकेका सीप सु्क्ष्म अध्ययन गरी व्यवहारमा प्रयोग गर्न सके मात्र आर्थिक लाभ लिन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण कलेजकां सहायक लेक्चरर ई. कवि कुसुम्याले गर्नुभएको थियो ।

Facebook Comments