• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हिंसा नगरेरै क्रन्तिको बाटो खोज्छौंः बुढा




नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगरले हिंसा नगरेरै क्रान्ति पुरा गर्न सकिने विश्वासका साथ लागेको बताउनुभएको छ । रगत नबगाएरै क्रान्तिगर्ने अभ्यासमा लागेको उहाँको भनाई थियो ।

जनक्रान्तिका महान सहिद परिवार संगठन नेपाल केन्द्रिय समिति र राज्यद्धारा वेपत्ता योद्धा परिवार समाज नेपाल केन्द्रिय समितिको संयुक्त आयोजनामा शुक्रवार घोराहीमा सम्पन्न सहिद तथा व्यपत्ता नागरिक र राज्यको दायित्व विषयक अन्तरकृया कार्यक्रमका उक्त कुरा बताउनुभएको हो ।

उक्त कार्यक्रममा दलित मुक्ति मोर्चाका सम्झना विक, नेपाल कम्युनिष्ट पार्टीका पुर्व केन्द्रिय सदस्य सहिद परिवार सम्झना घर्ति, पार्टीका विशेष कमिटि सदस्य सुन्दर वलीलगाएतले धारणा राख्नुभएको थियो ।

यसैगरी नेकपा माओवादि केन्द्रका लुम्विनी प्रदेश सचिवालय सदस्य लुमाकान्त न्यौपाने सागर, नेपाली कांग्रेसका पार्टी सचिव टेकबहादुर वली, राजमोका अध्यक्ष गणेश आचार्य, राप्रपाका मिना सवर्णकार, नेकपा मालेका नेत्रप्रकाश पाण्डेय, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादिका इन्चार्ज शमिर केसी, दायाँ खुट्टा गुमाएका जनयुद्धका घाइते असल, शहिदका छोरा पर्शुराम आरसी, लगाएतले धारणा राख्नुभएको थियो ।

यसैगरी नागरीक समाज दाङका संयोजक केवि मशाल, मानवअधिकार सञ्जालका अध्यक्ष केशवकुमार शर्मा, नेपाल पत्रकार महासंघका सचिव भुपेन्द्रप्रकाश वली, नेपाल वारका अधिवक्ता ओमभक्ता डाँगी, जागरण मञ्चका मंगलप्रसाद चौधरी, जनपत्रकार संगठनका हेमन्त प्रकाश वली लगाएतले तर्क पेश गर्नुभएको थियो । उक्त कार्यक्रममा स्वागत शहिद परिवार समाजका केन्द्रिय सदस्य रैबहादुर वस्नेतले र सहजीकरण केन्द्रिय अध्यक्ष उमा सुवेदीले गर्नुभएको थियो ।

Facebook Comments