• ३० भाद्र २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रवासी नेपालीको सहयोगमा विद्यालयको खेल मैदान खरिद




रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १२ गाेल्खाडामा गाउँ समाज सुधार तथा परिवर्तन गाेल्खाडा प्रवासी समुहको सहयाेगमा विद्यालयकाे फिल्ड निर्माणकाे लागि जग्गा खरिद गरिएको छ ।

४ लाख ८० हजारमा खरिद गरिएको जग्गामा ३ लाख प्रवासी समुहको सहयाेग रहेकाे थियाे भने १ लाख ८० हजार भने गाउँमै संकलन गरिएको वि.व्य.स अध्यक्ष लहरबादुर बुढाले जानकारी दिनु भयाे ।

अध्यक्ष बुढाका अनुसार खरिद गरिएको जग्गामा फिल्ड निर्माण तथा तारबार गर्न गाउँपालिकाबाट ७ लाख बजेत विनियोजन भएकाे छ । अबकाे केही समय पछि काम सुचारु गर्ने अध्यक्ष बुढाले बताउनुभएको ।

सहयाेग संकलन गर्न प्रवासी समुहमा धनिमान बुढाले पहल गर्नुभएकाे थियाे भने गाउँमा स्थानिय युवाहरुकाे पहलमा अार्थिक संकलन गरिएको स्थानिय युवा तारा रसाइलीले बताउनु भयाे ।

फिल्ड निर्माण र विद्यालय ताराबार भएपछि विद्यालय परिसर सुरक्षित र सफा सुगर रहने विस्वास गरिएकाे छ ।

Facebook Comments