• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीका अतिउत्तम तीनतारे तीन होटल




घोराहीको होटेल सिटिप्लाजा प्रालि सबै भन्दा धेरै नम्बर ९६ हासिलगरी अतिउत्तम बनेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख विवेक वञ्जरा नेतृत्वको टोलिले अनुगमन गरेको थियो । त्यसक्रममा तिन वटा होटल अतिउत्तम सहित तिन ताराको हरियो स्टिकर पाए ।

होटल मालाईन र भिंग्रेली भिलेज ९० अंक प्राप्त गरी अतिउत्तमको तिनतारे स्टिकर पाउन सफल भए । त्यसमा पनि मालाईनले लगातार दोस्रोपटक अति उत्तमको स्टिकर पायो । यस संगै घोराहीमा तिनवटा होटल खाद्य गुणस्तरमा अति उत्तम स्तरीकरण हुने होटल बनेका छन् ।

łम ९८ ल्याउँछु भन्नेमा ढुक्क थिएँ होटेल सिटिप्लाजाका म्यानेजर कमलप्रसाद सुवेदिले भन्नुभयो, łबुझे जतिको पुरै गरेको थिएँ । उहाँका अनुसार नम्बर घट्ने ठाउँछ जस्तो लाग्दैन्थ्यो । तर अनुगमन टोलिले खरीद गरेका केहि वस्तुमा लेवल भेटाएन । खानेतेलमा एक पटक भन्दा दुईपटक नपकाउनु भन्यो । पिउने र भाँडाधुने पानी नियमित जाँचको रिपोर्ट माग्यो ।

सुझावहरु तत्कालै कार्यान्वयनमा ल्याउने मालाईनिका मेनेजीङ डाइरेक्टर ओविन्द्रबहादुर महराले प्रतिवद्धता जनाउनुभयोे । अर्कोपटक अनुगमन हुँदा सबैभन्दा उच्च अंक ल्याउने विश्वास छ । होटल दर्ता गर्नेवेला देखि नै मापदण्ड जानकारी गराउन भिंग्रेली भिलेजका म्यानेजीङ डाइरेक्टर निरञ्जन राजभण्डारीको सुझाव थियो । कुनै कैफियत देखिन नदिने भनाई थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख विवेक वञ्जरा नेतृत्वको टोलिले अनुगमन गरेको थियो । प्रमुख वञ्जराका अनुसार पचास प्रश्नका एक सय पुर्णाङक थियो ।

काम गरेपनि त्यसलाई लिखितरुपमा राख्न नसकने कमजोरी भेटिएको प्रमुख बञ्जराले बताउनुभयो । होटका कर्मचारी स्वस्थ देखिन्छन् । स्वाथ्य जाँच गरेको लिखित प्रमाण छैन । फ्रिजहरु मरमत तथा जाँच गरेको छ, देखाउनुस भन्दा रेकर्ड भेटिन्न । łभौतिक पुर्वाधारको कमि देखिन्छ वञ्जराले भन्नुभयो, łस्थानिय सरकारले मापदण्ड बनाउनुपर्छ । उहाँका अनुसार धारा, शौचालय कता र कस्ता बनाउने समस्या छ । अघिल्ला वर्ष भन्दा राम्रो छ ।

łसबैकुरा ट्याक ट्याक मिलेको छ यस्तो भयो भने काम गर्नपनि मजा आउँछ डिभिजन प्रमुख बञ्जराले भन्नुभयो, łदाङमा यति धेरै नम्बर कसैलाई दिएको थिइन । दुई वर्ष अघि देखि स्तरीकरण गर्न थालिएको हो । त्यसवेला पनि सिटि प्लाजाले धेरै अंक ल्याई अति उत्तम बनेको थियो । यसपटक आफ्नै रेकर्ड उछिन्दै दाङमा सबै भन्दा बढि नम्बर ल्याएको छ ।

घोराहीमा स्तरीकरण भएका होटेलमा उपभोक्ताले ढुक्क संग खान हुने डिभिजन प्रमुख बञ्जराको भनाई थियो । उहाँले स्तरीकरण नभएका होटेलहरुले कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

आफ्नो होटेलको स्तरीकरण गर्न माग गरेमा कार्यालयले गरिदिने बताउनुभयो । उहाँकाअनुसार होटेलका कर्मचारीको तालिम तथा स्वाथ्य जाँचमा सबै भन्दा कम चासो दिएको पाइयो । होटेलभित्र गरीएका मरमत तथा चेक जाँचको रेकर्ड धेरैको मा भेटाउन सकिएन । काम गरेपनि त्यसलाई कागजमा व्यवस्थित नगर्दा नम्बर कम आयो ।

लुम्विनी प्रदेशको राजधानी र यहाँ आउने पर्यटकलाई सत्कारगर्ने क्षमता विकास गरेको दाङ देउखुरी होटल व्यवसायी समितिका अध्ययक्ष रुद्बहादुर डाँगिको भनाई थियो । उहाँका अनुसार ५० भन्दा कम नम्बर ल्याउने होटल छैनन् । दुई तारे, एक तारे होटेल धेरै छन् ।

यसैगरी होटेल डोको हस्पिटालिटी प्रालिले ७ अंक प्राप्ती गरी दुई ताराका साथ उत्तम बनेको छ । यसैगरी मेट्रो दाङ रेष्टुरेन्ट पनि ८० अंकका साथ दुई ताराको हरियो स्टिकर पाई उत्तम बनेको छ ।

यसैगरी न्यू मिलिनियम स्वीट्स र न्यू टिथ्रि प्यालेस ७४ अंक हासिल गर्दै एक तारे हरियो स्टिकर पाएर सन्तोष जनक देखिएका छन् । एकान्त होटल एण्ड रेष्टुरेन्ट ७३, होटेल म्यांगो गार्डेन ६९ र कविला हस्पिटालीटि प्रालिले ६ अंक हासिल गरी सन्तोषजनकको हरियो एकतारे स्टिकर पाउनेमा परेका छन् ।

Facebook Comments