• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कपिलवस्तुका होटल ब्यवसायीलाई दाङमा स्वागत




कपिलवस्तु होटल तथा रेष्टुरेन्ट व्यवसायी संघलाई शनिवार दाङमा स्वागत तथा सम्मान गरीएको छ ।

दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगिको अगुवाईमा कपिल वस्तुका अध्यक्ष गोपालबहादुर खत्री नेतृत्वको भ्रमण टोलिलाई स्वागत गरेको हो ।

मेची महाकाली पर्यटन प्रवद्र्धन अभियान २०७७ मा गत चैत तिन गते निश्केको टोलि घोराही पुगेको हो । कपिल वस्तुका पर्यटकिय स्थलको प्रचार गर्न र सम्वन्ध गाँस्न आएको स्वागत कार्यक्रमका प्रमुख अतिथि खत्रीले बताउनुभयो । रेडियो प्रशारण संघका कपिल वस्तु अध्यक्ष चन्द्रकान्त न्यौपाने लगाएतले भ्रमणको बारेमा जानकारी गराउनुभएको थियो ।

दाङ देउखुरी होटल व्यवसायी समितिका पुर्व अध्यक्ष मुक्ति खरेलले स्वागत गर्नुभएको कार्यक्रममा दाङको अवस्था बारे होटल व्यवसायी समितिका सल्लाहकार एवं दाङ चेम्वर अफ कमर्शका उपाध्यक्ष घनश्याम अधिकारीले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण सदस्य रामलोटन चौधरीले गर्नुभएको थियो ।

Facebook Comments