• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौरजहारीका सबै विद्यालय आगामी बर्ष टीनको छानामुक्त हुने




रुकुम पश्चिम चाैरजहारी नगरपालिकाका सबै बिद्यालय अागामि अार्थिक बर्षसम्म टिनकाे छानामुक्त हुदैछन ।

नगरपालिकाकाे निति तथा कार्यक्रम अनुसार अार्थिक बर्ष २०७८/०७९ सम्म सबै बिद्यालय टिनकाे छानामुक्त हुनेछन् । शिक्षा क्षेत्रमा प्रभावकारी काम गरेको नगरपालिकाले टिनकाे छाना मुक्त बिद्यालय बनाउने नीति तथा कार्यक्रम बनाएको थियो साेही नीति अनुसार अहिले धमाधम बिद्यालयका भवनहरु निर्माण भइरहेका छन् । नगरपालिकामा ४० वटा सामुदायिक बिद्यालय छन् भने अहिले १८ वटा बिद्यालयमा पक्की भवन निर्माण भइरहेका छन् ।

केही बिद्यालयमा भने याे भन्दा पहिले नै पक्की भवन निर्माण भइसकेका छन् ।

नगर प्रमुख बिशाल शर्माका अनुसार जनकल्याण मावि जाेगिनेटा , अाधारभुत बिद्यालय नाख्ला , माध्यमिक बिद्यालय खाँगल , मावि खहरे , अाधारभुत बिद्यालय नाखिरा , अाधारभुत बिद्यालय कालापाथर , अाधारभुत बिद्यालय स्यालखाेला , हिमालय मावि खाेलागाउँ , जनकल्याण मावि सानाखाेला , अाधारभुत बिद्यालय घर्तिकाँडा , अाधारभुत बिद्यालय जुम्लीपाेखरी , अाधारभुत बिद्यालय लामिछानेगाउँ , लगायतका बिद्यालयमा पक्की भवन निर्माण भइरहेका छन् बाँकी बिद्यालयमा अागामि अार्थिक बर्षसम्म पक्की भवन निर्माण हुनेछन् ।

उनले भने बिद्यालयमा पक्की भवन निर्माण भएसँगै टिनकाे छाना भएको भवन पनि सँगसँगै भत्काइदैछ , अर्काे बर्षसम्म सबै बिद्यालय टिनकाे छानामुक्त भइसक्नेछन । हामी सरकारबाट बाहिरीदै गर्दा तपाईं कुनै बिद्यालय टिनकाे छना भएको देख्नुहुने छैन् नगर प्रमुख शर्माले भने यसकाे लागि स्थानीय सरकार , प्रदेश सरकार र संघिय सरकारकाे बजेट हामीले प्रयाेग गरिरहेका छाैँ ।

बिद्यार्थीकाे भविष्य राम्रो वातावरणमा सिक्न नपाए उज्ज्वल बन्न सक्दैन टिनकाे छाना भएको बिद्यालयमा कसरी सिक्न सक्छन् उनी भन्छन् टिनकाे छाना भएको बिद्यालयमा हावापानी अाउदा पढ्न सक्ने वातावरण नै हुदैन त्यसैले हामीले ठुलाे मात्रको बजेट शिक्षा क्षेत्रमा खर्चिरहेका छाैँ यसले शिक्षामा अामुल परिवर्तन गर्नेछ ।

जनकल्याण माध्यामिक बिद्यालय सानाखाेलाका प्रधानाध्यापक झुपालाल शर्माका अनुसार टिनको छाना भएको बिद्यालयमा सिकेभन्दा पक्कि भवनमा सिक्नु धेरै प्रभावकारी हुन्छ ।

टिनकाे छाना भएको बिद्यालयमा हावा लाग्दा पानी पर्दा पढाउन सक्ने वातावरण हुदैन अब पक्कि भवन बनेपछि त्याे समस्या सदाकाे लागि अन्त्य हुनेछ प्रधानाध्यापक शर्मा भने हाम्रो बिद्यालय याे अार्थिक बर्षमा नै टिनकाे छानामुक्त भइसक्ने छ जसकाे लागि अहिले पक्की भवन बनिरहेको छ ।

Facebook Comments