• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाको ब्यूरो प्रशिक्षण दाङमा, संसदीय ब्यवस्थालाई परास्त गरेरै छाड्छौंः बुढा




बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी,राप्ती ब्युरोको आयोजनामा दाङको घोराहीमा राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सचिबालय सदस्य सन्तोष बुढा मगर(विषम)ले प्रतिबन्धलाइ सानदार ढंगले जितेर बार्तामा आएको ठोकुवा गर्नुभयो । उहाले बजारमा प्रतिक्रियावादीहरुले हारेर सम्झौता गरेर बार्तामा आएको भन्ने हल्ला भ्रामक र झुठा प्रचारबाजी मात्रै भएको जिकिर गर्नुभयो।

दलाल पुजिवादी संसदीय ब्यवस्थालाई परास्त गर्ने बैचारिक हतियार आफ्नो पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशा निर्विकल्प भएको उद्घोष गर्नुभयो।

उहाले पार्टी र नेपाल सरकार बिच भएको तीन बुदे सहमती आफ्नै देशको भुगोल भित्र र आफ्नै बिबेकले गरिएको इतिहासमै नया कदम भएको बताउनुभयो।दलाल सत्ताको बिकल्पमा बैज्ञानिक समाजबादी सत्ता स्थापनाले मात्रै देशमा वास्तविक शान्ती,समृद्धि,स्वाधीनता र मानव मुक्ती सम्भब भएको बताउनुभयो।सबैभन्दा राम्रो भबिस्य निर्धारण गर्ने कम्युनिस्टहरु भएको भन्दै उहाले बिचार,सिद्धान्त र आदर्श अनुरुप जिबनशैली र आचारणमा सुधारको जोड दिनुभयो।

कार्यक्रममा नेकपा राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा(सुबाश)ले क्रान्तिकारिहरु बिचार र सिद्धान्तबाट पतित भएमात्रै हार्ने ठाउमा पुग्ने उल्लेख गर्नुभयो।उहाले क्रान्तिकारी कार्यदिशा भएकै कारण आफुहरुको पार्टीले दलाल पुजिबादको षड्यन्त्र कथित प्रतिबन्धलाई धुजाधुजा पारेको स्पष्ट पार्नुभयो।

नेकपा राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा(सुबाश)को अध्यक्षतामा भएको कार्यक्रममा सहिद बेपत्ता परिवार केन्द्रिय अध्यक्ष सुन्दर,बिशेष कमिटी केन्द्रिय सदस्य असिना, नेकपा धौलागिरी ब्युरो इन्चार्ज अनन्त, युबा संगठन नेपालका केन्द्रिय अध्यक्ष पाटन, अखिल(क्रान्तिकारी)केन्द्रिय महासचिव प्रकाश शाही, दलित मुक्ती मोर्चा केन्द्रिय उपाध्यक्ष सीता बिक(सम्झना)को आतिथ्यता रहेको थियो।कार्यक्रममा राप्ती ब्युरो अन्तर्गतका जिल्ला सेक्रेटरी र जनबर्गिय संगठनका ब्युरो इन्चार्ज/संयोजकहरुले रिपोर्टिङ राखेका थिए।

नेकपा प्युठान जिल्ला इन्चार्ज बिक्रमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती ब्युरो सदस्य बिश्वले गर्नुभएको थियो।

Facebook Comments