• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्थानीयबासीको ७३ लाख लगानीमा कटुवाखोलामा बक्स कल्भर्ट पुल निर्माण शुरु




घोराहीको कटुवाखोलामा बक्स कल्भर्ट पुल शिलान्यास गरिएको छ ।

घोराही–लमही सडकको गोरखा टोलदेखि नवलपुर जोड्न पुल निर्माण थालिएको छ । घोराही उपमहानगरपालिकाका प्रमुख तथा घोराही नगर विकासका अध्यक्ष नरुलाल चौधरीले पुलको शिलान्यास गर्नुभएको हो ।

पुल शिलान्यास गर्दै नगर प्रमुख चौधरीले जग्गा एकीकरणमार्फत स्थानीय जनताले आफ्नै लगानीमा विकास गर्नु महत्वपूर्ण भन्दै अम्बापुर जग्गा विकास आयोजनाले धेरैलाई सकारात्मक सन्देश दिइरहेको बताउनुभयो । उहाँले कटुवाखोलाबाट वस्तीमा हुनसक्ने क्षति रोक्न उपमहानगरपालिकाबाट सहयोग हुने पनि बताउनुभयो ।

घोराही नगर विकास समिति र अम्बापुर जग्गा एकीकरण आयोजना उपभोक्ता समितिको संयुक्त आयोजनामा भएको कार्यक्रममा बिशिष्ठ अतिथि घोराही १८ का अध्यक्ष भरतमणि अर्याल, गोरखा टोलका अध्यक्ष पदमप्रसाद पाण्डेलगायतले बोल्नुभएको थियो । जग्गा एकीकराण् आयोजना उपभोक्ता समितिका सल्लाहकार सावित्रा राणाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन समिति सचिव पार्वता योगीले गर्नुभएको थियो ।

अम्बापुर जग्गा एकीकरण आयोजनाको बजेटमा कल्भर्ट पुल बन्न थालेको हो । यसअघि आयोजनाबाटै पुल बनाउन दुई वटा पिलर गाडिएको भए पनि सरकारी बजेट पाउने आशामा सो कार्य रोकिएको थियो । गत बर्ष प्रदेश सरकारले डेढ करोड बजेट छुट्याए पनि नजिकै अन्य पुल रहेकाले पुल बनाउन नमिल्दै भन्दै अन्तिम समयमा योजना रद्ध गरिएको थियो ।

पुल बनाउन सरकारी बजेटको आशा गर्दा धेरै समय बित्ने भएपछि जग्गा एकीकरण आयोजनाकै बजेटबाट पुल बन्न थालेको हो । साढे १६ मिटर लम्बाइ र ६ मिटर चौडाइको बक्स क्लभर्ट पुलका लागि जग्गा आयोजनाबाट ७३ लाख ३६ हजार सात सय बजेट विनियोजन गरिएको घोराही नगर विकास समितिका इञ्जिनियर शेरबहादुर भण्डारीले जानकारी दिनुभयो ।

घोराही १८ अम्बापुर र नवलपुरका स्थानीयबासीको ९२ बिघा जग्गामा घोराही नगर विकास समितिको माताहत जग्गा एकीकरण (ल्याण्ड पुलिङ) कार्यक्रम सञ्चालन भइरहेको छ । तत्कालीन नगर विकास समितिका अध्यक्ष नारदमणि पोख्रेलको पालादेखि शुरु भएको सो आयोजनाअन्तर्गत हाल पनि पूर्वाधार निर्माणका काम भइरहेको छ ।

हालसम्म सडक ट्रयाक निकाल्नुका साथै अधिकांश क्षेत्रमा सडकका नाला निर्माण भइसकेका छन् भने केही क्षेत्रमा अहिले पनि काम भइरहेको छ । गत आर्थिक बर्ष र चालु आर्थिक बर्ष प्रदेश सरकारले वस्ती विकासअन्तर्गत पनि केही बजेट दिएको छ भने बाँकी स्थानीय जनताकै लगानीमा विकासका काम भइहरेका छन् ।

Facebook Comments