• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
किसानको घरघरमा पुगेर दूध संकलन




रुकुम पश्चिमकाे चाैरजहारी नगरपालिकामा एक डेरीले किसानकाे घरघरमा पुगेर दुध संकलन गर्दै अाएकाे छ । जहारीखाेला नमुना कृषि सहकारी संस्थाले वडा न. २ मा सञ्चालनमा ल्याएको दुग्ध डेरीले किसानकाे घरघरमा पुगेर दुध संकलन गर्ने गरेको छ ।

किसानले उत्पादन गरेको वस्तु सजिलै बजारसम्म पुर्‍याउने उदेश्यले किसानकाे घरमै पुगेर दूध संकलन गर्न सुरु गरिएको हाे । प्रदेश सरकारकाे कृषि मन्त्रालयले दूध संकलनकाे सहकारीलाई गाडी उपलब्ध बनाएपछि नगरपालिका भित्रका सबै पुगेर घरबाटै दूध संकलन गर्न लागेको हाे ।

सहकारी संस्थाले वडा न. १२ का संगम शर्मालाई बर्षमा निश्चित भाडा बुझाउने गरि दुग्ध डेरी र गाडी भाडामा दिएपछि अहिले शर्माले डेरी सञ्चालन गरिरहेका छन् । उनका अनुसार किसानकाे घरअागनबाटै प्रतिलिटर ४० रुपैयाँका दरले संकलन गरि डेरी मार्फत उपभोक्तासम्म ताजा दूध पुर्‍याउने गरिएको छ । हामीले एक दिनमा एक सय पचास लिटर दूध , २० लिटर दहि र दुधबाट बन्ने विभिन्न परिकारहरु बजारमा बिक्री सञ्चालक संगम शर्माले भने दूध प्रतिलिटर ६० र दहि ८० ले बिक्री गर्ने गरेका छाैँ ।

शर्माले भने मंसिरदेखि मैले डेरी भाडामा लिएर सञ्चालनमा ल्याएको हु सुरुका दुई महिना घाटा भए पनि अहिले घाटामा छैन् । उनले भने कुनै काममा पनि निरन्तरता दिने हाे भने घाटा रहेन्छ भन्ने थाहा पाइयाे ।

उनी भन्छन् किसानले वस्तु बिक्री गरिसकेपछि पैसा सजिलै पाउनुपर्छ हरेक महिनाकाे ५ गते र १३ किसानकाे घरमै पुगेर दुधकाे पैसा बुझाउने गरेका छाैँ । दूध अावश्यकता भन्दा बढी छ कि कम छ भन्ने प्रश्नमा शर्मा भन्छन् हामीले अहिले किसानकाे घरबाट ल्याउने दूध बजारको माग भन्दा कम छ , हामीसँग धेरै दूध भयाे भने जिल्ला बाहिर पनि पठाउन सक्छौ साेही तरिकाले हामीले तयारी गरेका छाैँ । किसानकाे घरमै पुगेर दूध संकलन गर्न लागेपछि किसान पनि खुसी भएका छन् ।

कृषक मिना राेका भन्छिन हामीले यश अघि उपभोक्ताकाे पसल वा घरसम्म दूध पुर्‍याउनु पर्थ्याे अाजभाेलि घरमै पुगेर दूध लिन लागेपछि ढुक्क छाैँ । उनी भन्छिन् पैसा पनि महिना पुगेपछि घरमै अाइपुग्छ , याे कामले निरन्तर पाअाेस ।

Facebook Comments