• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्ञानसिन्धु मावि घोराहीमा नवआगन्तुक विद्यार्थीलाई स्वागत




ज्ञानसिन्धु माध्यामिक विद्यालय घोराहीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीले कार्यक्रम गरी उनीहरुलाई स्वागत गरेका हुन् ।

कक्षा १२ का विद्यार्थी खडक केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्ती शिक्षा क्याम्पसका प्रमुख एवं ज्ञानसिन्धु माविका प्रिन्सिपल हुकुमबहादुर बुढाथोकीले बदलिंदो युगअनुकूल आफूलाई विकास गर्दै आधुनिक युग हाँक्ने गरी अघि बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

माथिल्लो कक्षा प्रवेशसँगै के भन्ने चिन्ता विद्यार्थीमा बढ्ने उल्लेख गर्दै उहाँले के होइन कस्तो नागरिक बन्ने भनेर आफूलाई केन्द्रित गर्नुपर्ने बताउनुभयो । जुनसुकै क्षेत्रमा लागेर पनि अब्बल बन्न सक्ने हो भने अवसरहरु पर्याप्त हुने उल्लेख गर्दै उहाँले हरेक विद्यार्थीले देश र परिवेशअनुकूल नागरिकको रुपमा आफूलाई स्थापित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले बिबिध सांस्कृतिक प्रस्तुति देखाएका थिए । कक्षा १२ का विद्यार्थी रामबहादुर परियारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन कक्षा १२ कै विद्यार्थीहरु सिर्जना खत्री र भरत सार्कीले गर्नुभएको थियो ।

सो अवसरमा कक्षा ११ मा प्रथम, द्धितीय र तृतीय हुनेलाई सम्मान गरिएको थियो । त्यस्तै जेहेन्दार र अनुशासित विद्यार्थीलाई पनि पुरस्कृति गरिएको थियो ।

त्यसैगरी सहिद दिवसको अवसरमा आयोजित कविता प्रतियोगिता र खेल सप्ताहको अवसरमा आयोजित खेलकूद प्रतियोगिताका बिजयी खेलाडीलाई पनि पुरस्कृत गरिएको ज्ञान सिन्धु माविका प्लस टू संयोजक तिलक अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments