• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युवा ब्यवसायी बिशालले गरे साढे दुई लाखको अक्षयकोष स्थापना




युवा ब्यवसायी ज्ञानबहादुर बिक ‘बिशाल’ले सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ५ मा रहेको त्रिभुवन जनता मावि शंखपिपल च्युरा सल्यानमा बाजे नदे कामी, बज्यै जिउनी कामी र आमा लिली कामिको नामबाट साढे दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

उक्त विद्यालयमा अध्ययन गर्नुभएको बिशाल हाल दाङका सफल युवा व्यवसायी मानिनुहुन्छ । वडा ५ का वडा अध्यक्ष कमल विकका भाइ विशाल पूर्वजनमुक्ति सेनाका कम्पनी कमाण्डर पनि हुनुहुन्छ ।

वडा अध्यक्ष कमल विक, युवा व्यवसायी विशाल र भाइ मानवहादुर विकको तर्फबाट उहाँले बाजे, बज्यै र आमाको नाममा सो कोष स्थापना गर्नुभएको हो ।
यो विद्यालयमा यति ठूलो अक्षयकोष स्थापना भएको यो पहिलो पटक हो ।

Facebook Comments