• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जग्गाधनीसँगको सम्झौतापछि कडा सुरक्षाकाबीच सडक निर्माण




चाैरजहारी , बिजयश्वरी , खाेलागाउँ , नुवाकोट सडकखण्ड अन्तर्गत कालाखाेलादेखि मेलैनाउलीसम्मकाे सडक लामाे समयपछि कडा सुरक्षाकाबिच ट्रयाक खाेल्न लागिएकाे छ । शनिबार जग्गा धनीसँगकाे सम्झौतापछि सडक निर्माण गर्न लागेको हाे ।

अवरुद्ध भएको सडकमा जग्गा धनी नगरपालिका , इलाका प्रहरी , भाैतिक पुर्वाधार कार्यालय चाैरजहारी बिच सहमति भएपछि ट्रयाक खाेल्न लागेको हाे ।

यश अघि उक्त ठाउँमा पटकपटक ट्रयाक खाेल्न लाग्दा स्थानीयकाे अवरोधले गर्दा खाेल्न सकिएको थिएन । सडक खन्न लाग्दा उक्त ठाउँमा सुरक्षाकर्मी र स्थानीयबिच झडप पनि हुने गरेको थियो । प्रदेश सरकारकाे दुई कराेड बजेटमा सडक निर्माण गर्न लागेको हाे । पुरानाे सडक अप्ठ्यारो र लामाे हुने भन्दै नयाँ ट्रयाक खाेल्न लागेको हाे ।

सडक निर्माण गर्दा यसपटक अवरुद्ध हुन सक्ने भनेर चारैतिर सुरक्षाकर्मी राखिएको छ । नगर प्रमुख विशाल शर्माका अनुसार जग्गा धनीले अाफुहरुले सडकमा कुनै अवराेध नगर्ने र बाहिरीले खन्न नदिएको भनेपछि सडककाे ट्रयाक खाेल्न लागिएको हाे । उनका अनुसार केही मान्छेले निहित राजनीतिक स्वार्थका लागि सडकमा अवरुद्ध गरेका हुन ।

नगर प्रमुख बिशाल शर्माले भने जग्गा धनीले अाफै नगरपालिकामा अाएर सडक खन्न दिने भनेका हुन , यसअघि पनि जग्गा धनीले अवरुद्ध गरेका हाेइनन, नितान्त राजनीतिक स्वार्थको लाषि अवराेध गरिएको थियाे र उनीहरुको याेजना सफल हुन सकेन , अन्तत जग्गा धनीकाे सहमतिमा सडक खन्याैँ ।

Facebook Comments