• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दंगीशरणमा विप्लवनिकट युवा संगठनको भेला




बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युबा संगठन नेपाल दाङ जिल्ला अन्तर्गत दंगिशरणमा प्रथम गाउँ कमिटी भेला सम्पन्न भएको छ।

युबा संगठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समिती संयोजक मनोजको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा दंगिशरण गाउपालिका इन्चार्ज जिबन्त, युबा संगठन नेपाल पश्चिम कमाण्ड इन्चार्ज जमिन,युबा संगठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समिती सदस्य शरलाको सहभागिता थियो भने कार्यक्रमको अध्यक्षता चट्टानले गर्नुभएको थियो।

प्रथम गाउँ कमिटी सम्मेलनलाइ सम्बोधन गर्दै प्रमुख अतिथि मनोजले दलाल पुजिबादी सत्ताका विरुद्ध आम देशभक्त प्रगतिशिल जनतान्त्रिक युबाहरु एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुन आह्वान गर्नुभयो।उहाले देशमा रोजगारी सिर्जना नगरेर लाखौ युबाहरुलाइ सस्तो श्रममा बिदेशी भुमिमा बेच्ने राज्यका विरुद्ध निर्मम संघर्ष गर्न अपिल गर्नुभयो।

अहिलेको मुख्य समस्या दलाल पुजिबादी संसदीय ब्यबस्था भएको र त्यसका विरुद्ध एकीकृत जनक्रान्तिको कार्यदिशमा युबाहरु संगठित हुन आह्वान गर्नुभएको।उहाले अन्याय,अत्याचार,घुसखोरी भ्रस्टाचार,दलाल ,माफियाका विरुद्ध संघर्ष गर्दा केपि बादल कम्पनिको सरकारले दमन गरे कडा प्रतिरोध गर्ने उद्घोष गर्नुभयो। कार्यक्रममा सहभागी अन्य बक्ताहरुले रास्ट्रीय स्वाधीनताको रक्षा गर्न एकीकृत जनक्रान्तिको महान अभियानमा गोलबन्द हुन आह्वान गरे।
शरलाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रबीले गर्नुभएको थियो। भेलाले चट्टानको नेतृत्वमा ९ सदस्यीय गाउँ कमिटी चयन गरेको छ।

Facebook Comments