• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तिलक परियारलाई हटाएपछि दलित संगठनको आक्रोशः ‘केपी सरकार इतिहासकै दलित बिरोधी’




नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समिति, काठमाडौंले विज्ञप्ति जारी गरी प्रदेश २ का प्रमुख तिलक परियारलाई पदबाट हटाएकोमा बिरोध जनाएको छ ।

यस्तो छ प्रेस विज्ञप्तिको पूर्ण पाठः

नेपालको संविधानमा हुंदै नभएको गत पौष ५ गतेको असंबैधानिक तथा प्रतिगमनकारी कदमको चौतर्फि विरोध भइरहेको बेला उत्पीडित दलित समुदायको मुक्तिदाता हुँ भन्ने नक्कली हुँकार दिइरहेका केपी शर्मा ओलीले राजनीतिक पूर्वाग्रहका आधारमा प्रदेश नंबर २ का प्रदेश प्रमुख तिलक परियारलाई आज ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसकै दिनमा पदमुक्त गरेका छन् ।

प्रदेश प्रमुखको पदमा नियुक्त भएको दिनदेखि नै नेपालको संविधानको पूर्ण पालना गर्दै तटस्थ र निष्पेक्ष भूमिका निर्वाह गर्दै आएका दलित आन्दोलनका लोकप्रिय नेता तिलक परियारलाई आफ्नो दलित विरोधी ब्राम्हणवादी चरित्र प्रदर्शन गर्दै पदमुक्त गरिएको घट्नाप्रति हाम्रो संगठन नेपाल दलित मुक्ति संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । हामीले यस घट्नालाई केवल तिलक परियारको व्यक्तिगत मामलाका रुपमा मात्र नलिई सिंगै दलित समुदायमाथिको सामुहिक अपमान र समानुपातिक तथा समावेशी चरित्र बोकेको नेपालको संविधानमाथिको हमलाका रुपमा लिएको छौं । नेपाल दलित मुक्ति संगठनका तर्फबाट यस प्रतिगामी र दलित विरोधी घट्नाको घोर भत्र्सना गर्दछौं ।

केपि ओलीले सरकारको नेतृत्व गरेदेखि नै दलित समुदायको संबैधानिक अधिकारमाथि हमला गर्दै आएका थिए । जस्तै, दलित विकास समिति र वादी विकास बोर्डलाई विघटनको अवस्थामा पुरयाउनु, राष्ट्रिय दलित आयोग ५ वर्षसम्म गठन नगर्नु, लोकसेवा आयोगको विज्ञापनमा दलित कोटा कटौति गर्नु, आफ्नो कुशलता प्रदर्शन गरेका विवादरहित एक मात्र दलित क्याबिनेट मन्त्रीलाई हटाइनु, सातवटा प्रदेशमा सरकार गठन गर्दा एक जना दलितलाई पनि मन्त्री नबनाइनु, संघीय तथा प्रादेशीक योजना आयोग तथा दर्जनबढी संबैधानिक आयोगहरुमा दलित समावेशीकरणलाई अस्वीकार गर्नु, भूमिआयोगलगायतमा दलितहरुलाई बहिष्करणमा पार्नु उनका दलित विरोधी प्रमुख कामहरु हुन् ।

यसका साथै पश्चिम रुकुमको नवराज विकलगायत ६ जनाको हत्या हुने गरी भएको नरसंहारका विषयमा एक शब्द नबोल्नु, मधेशमा २२ जनाबढी दलितहरुको हत्या हुंदा कुनै वास्ता नगर्नु, बझांगको सम्झना वि।कको बलात्कारपछिको हत्यामा गोहीका आँशु बगाएर ५ लाख दिने सहमति गरेर ३ लाख मात्र दिनुलगायतका घट्नाहरु केपी ओली सरकारका श्रृखलाबद्ध दलित विरोधी कदम हुन ।

केपी ओलीले तिलक परियारलाई पद मुक्त गर्ने यस लज्जाष्पद घटनाले कपी ओलीको दलित विरोधी, अराजनीतिक, समावेशी तथा सामानुपातिक विरोधी, सामन्ती सोचमा आधारित अराजनीतिक, व्यक्तिवादी, नाँगो र भद्दा सोचलाई उदांगो बनाएको छ । नेपालको संविधानको मर्म र भावना विपरितको यस घट्नाको हामी घोर भत्र्सना गर्दै देशव्यापी विरोधमा उत्रन सम्पूर्ण उत्पीडित दलित समुदाय तथा न्यायप्रेमी जनसमुदायमा आव्हान गर्दछौं ।

गणेश विश्वकर्मा दलजित श्रीपाइली
सह–संयोजक सहइन्चार्ज
केन्द्रीय संघर्ष समिति संयोजक, केन्द्रीय संघर्ष समिति

Facebook Comments