• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अष्ट्रेलियामा अध्ययनरत महराको पहलमा मृगौलापीडितलाई ५० हजार सहयोग




प्रवासी नेपाली विद्यार्थी संगठन अष्ट्रेलिया तथा संगठनका अभियन्ता विवेक महराको पहलमा रोल्पाका एक मृगौलापीडितलाई ५० हजार सहयोग हस्तान्तरण गरिएको छ ।

संगठनको अगुवाइमा संकलित ५० हजार दुइ सय ४१ रुपैयाँ मृगौलापीडित विरामी शिवशेष महरालाई हस्तान्तरण गरिएको हो । विरामी हाल दाङको घोराही उपमहानगरपालिका १५ मा बसोबास गर्दै आउनुभएको छ ।

रोल्पाको रोल्पा नगरपालिका ५ निवासी महरालाई डायलासिस गर्न सहयोग गरिएको हो ।

रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले सहयोगका लागि सिफारिस गरेकाले प्रवासी विद्यार्थीको अगुवाइमा सहयोग संकलन गरेर पठाइएको अभियन्ता विवेक महराले जानकारी दिनुभयो ।

रोल्पाकै गंगादेव गाउँपालिका २ ओइलाममा जन्मेर दाङको तुलसीपुरमा स्थायी बसोबास रहेका विवेक हाल अष्ट्रेलियामा अध्ययनरत हुनुहुन्छ ।

Facebook Comments