• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दलित मुक्ति संगठनको घोराहीमा एकता भेला, ४१ सदस्यीय उपमहानगर समिति गठन




नेपाल दलित मुक्ति संगठन घोराही उपमहानगरपालिकाको एकता भेला सम्पन्न भएको छ । भेलाले अर्जुन परियार संयोजक र तुलसी सुनार सहसंयोजक रहेको ४१ सदस्यीय उपमहानगर समिति गठन गरेको छ ।

डिलाराम बिकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट (नेकपा) दाङका अध्यक्ष टीकाराम खड्काले राजनीतिक र आर्थिक क्षेत्रमा सामन्तवादको अन्त्य हुने क्रम शुरु भए पनि सांस्कृतिक सामन्तवाद बाँकी रहेको औल्याउँदै दलित समुदायमाथि भइरहेको विभेद त्यसकै परिणति भएको बताउनुभयो ।

यसलाई पूर्णरुपमा हटाउन कम्युनिष्टहरुले मात्रै सक्ने बताउँदै उहाँले दलित मुक्ति आन्दोलन वर्गीय मुक्ति आन्दोलनबाटै संभव हुने बताउनुभयो । अहिले प्रतिगमनका बिरुद्ध देश एक ढिक्का भएर उभिएकाले यसमा सम्पूर्ण दलित समुदायको पनि साथ रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा दाङका सचिवालय सदस्य विश्वराज आचार्य, उपमानगर अध्यक्ष गेहेन्द्र बस्नेत, अनेरास्ववियूको केन्द्रीय सदस्य सन्तोष पोख्रेल, दलित मुक्ति संगठनका केन्द्रीय सदस्य झपेन्द्र परियार, जिल्ला संयोजक टंक सुनार, सहसंयोजक हिरालाल सुनार ‘सारथी, निर्वाचन क्षेत्रीय इञ्चार्ज निर्मला बिक, घोराही उपमहानगरपालिकाका कार्यकालिका सदस्य डिल्ली परियार, संगठनका प्रदेश सदस्य कृष्ण परियारलगायतले बोल्नुभएको थियो ।

पोषण नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन प्रकाश बिकले गर्नुभएको थियो ।

Facebook Comments