• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेरास्ववियूको जागरण अभियान जारी




अनेरास्ववियू दाङ्ग क्षेत्र न २ ले विद्यार्थी जागरण अभियान जारी राखेको छ ।

यसैबीच सिद्धत्ननाथ मावि नारायणपुरमामा रमेशकुमार बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय इकाइ समिति चयन गरिएको छ । जसको उपाध्यकहरुमा बिन्दु बस्नेत र बिष्णु महरा, सचिबमा आशा चौधरी, सहसचिबहरुमा करुणा गिरी र देबा रावत तथा कोषाध्यक्षमा पुनम खत्री , संगठन बिभाग प्रमुखमा बिबेक गिरी,, खेलकुद बिभाग प्रमुखमा अनिता डाँगी र अनुशासन बिभाग प्रमुखमा समीक्षा चौधरी रहनुभएको छ ।

अनेरास्ववियू दाङ्गका सचिवालय सदस्य डिभाइड शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अनेरास्ववियू दाङ्गका सचिवालय सदस्य हिमाल महरा, अनेरास्ववियू दाङ्गका जिल्ला कमिटी सदस्य सन्तोष दाहाल र अनेरास्ववियूका नेता भ्यूमान पुनले सम्बोधन गर्नुभएको थियो ।

यसैगरी गोरक्षरत्ननाथ मावि चौघेरामा बिपिन रावतको अध्यक्षतामा ३५ सदस्यीय इकाइ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा कपिल पोख्रेल, सचिबमा सन्जिता चौधरी, सहसचिबमा मुना कालाथोकी, कोषाध्यक्षमा कुलबहादुर बुढा, संगठन बिभाग प्रमुखमा दीपक बिष्ट र खेलकुद बिभाग प्रमुखमा सौरभ बिसी रहनुभएको छ ।

अनेरास्ववियू दाङ्गका सचिवालय सदस्य हिमाल महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियू दाङ्गका सचिवालय सदस्य डिभाइड शर्मा, जिल्ला कमिटी सदस्य सन्तोष दाहाल, अनेरास्ववियूका नेता भ्यूमान पुनले सम्बोधन गर्नुभएको थियो ।

Facebook Comments