• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
निर्वाचन आयोगमा सेटिङको अर्को प्रयास, नेकपाको बिबाद मिलाउने जिम्मा नवनियुक्त आयुक्त भण्डारीलाई




नेकपाको बिभाजनपछि निर्वाचन आयोगमा सेटिङको चर्चा चलिरहेको बेला सो पार्टीको विवाद मिलाउने जिम्मा एक जना नवनियुक्त आयुक्तले पाएका छन् । निर्वाचन आयोगले दल तथा दल विभाजनसम्बन्धी जिम्मेवारी नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीलाई दिएको छ ।

नवनियुक्त आयुक्त भण्डारीले जिम्मेवारी पाएलगत्तै राजनीतिक रूपमा विभाजित नेकपाको विवादसम्बन्धी कागजातको अध्ययन थालेका छन् । भण्डारी ओलीपक्षीय महासचिव बिष्णु पौडेलनिकट मानिन्छन् । अध्ययनका लागि आयोगले आयुक्त भण्डारीलाई तीन दिनको समय दिएको छ ।

दुई आयुक्त थपिएपछि आयोगले शुक्रबार जिम्मेवारी बाँडफाँड गरेको थियो । त्यसैअनुसार कानुनी पृष्ठभूमिका भण्डारीलाई दल तथा दल विभाजनसम्बन्धी जिम्मेवारी दिइएको हो । ‘उहाँको कानुनी पृष्ठभूमि भएका कारण कानुनसम्बन्धी जिम्मेवारी दिइएको हो । माननीयज्यूहरूको छलफलले जिम्मेवारीका विषयमा छलफल गरेर उक्त निर्णयमा पुग्नुभएको हो,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘यसलाई नियमित प्रक्रिया भनेर बुझ्नुपर्छ । संवैधानिक आयोगको जिम्मेवारीमा रहेको व्यक्तिले कुनै निश्चित निर्णयमा असर पु¥याउने भन्ने हुँदैन ।’

भण्डारीसँगै डा जानकीकुमारी तुलाधरले बुधबार शपथ लिएकी थिइन् । भण्डारी र तुलाधर आयुक्त हुनुपूर्व आयोगमा दिनेश थपलिया प्रमुख आयुक्त तथा नरेन्द्र दाहाल र ईश्वरी पौड्याल आयुक्त थिए । नेकपा विवाद चाँडो नसल्ट्याए वैशाखका लागि तोकिएको निर्वाचन सम्भव नहुने पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले बताउँदै आएका छन् । नेकपा विवाद टुंग्याउन कम्तीमा ४५ दिन लाग्ने अनुमान गरिएको छ ।

निर्वाचन आयोगले नेकपाको प्रचण्ड–माधव समूहले आधिकारिकताका लागि पेस गरेको दाबीउपर अध्ययन अघि बढाएको छ । नवनियुक्त आयुक्त भण्डारीले अध्ययन प्रतिवेदन बुझाएपछि विवाद कसरी टुंग्याउने भन्ने विषयमा आयोगले निर्णय गर्ने आजको नयाँ पत्रिकामा खबर छ । यसअघि निर्वाचन आयोगको काम प्रभावित गर्न नेकपा विवाद हेरिरहेका उपसचिवको सरुवा गरिएको थियो ।

Facebook Comments