• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एउटै मञ्चमा २७ पत्रकारलाई सम्मान र पुरस्कार




नेपाल पत्रकार महासंघ दाङले २८ औँ साधारणसभाको अबसरमा २७ जना पत्रकारहरुलाई सम्मान एवं पुरस्कृत गरेको छ ।

महासंघले सिस्ने अनलाइनका सम्पादक नरेन्द्र केसीसहित २७ पत्रकारलाई सम्मान एवं पुरस्कार प्रदान गरेको हो । महासंघले अविराम पत्रकारिता पुरस्कारबाट महासंघका केन्द्रीय उपाध्यक्ष एवं गोरक्ष दैनिकका सम्पादक विपुल पोख्रेललाई सम्मान गरेको छ । त्यस्तै पत्रकार शारदा शर्मालाई योगदान पत्रकारीताबाट सम्मान गरिएको छ ।

बसुन्धरा गौतमलाई पत्रकारिता प्रतिभा पुरस्कार प्रदान गरिएको छ । साथै पत्रकारहरु निमुसंगम घर्ती, शुसिल बस्नेत, संगित बस्याल, शरद रेग्मी, सन्तोष सुबेदी, बसन्त पौडेल, शिबराज खनाल, चन्द्र खनाल, अनन्त आरसी, सुमन केसी, दिपक ओली, किरण गौतम, धुब्रराज न्यौपाने, यमकला भुसाल, सवि थारु, शैलेस अधिकारी, प्रियास्मृती गजमेर, चन्द्रप्रकाश नेपाली, रमा नेपाली, भागवत भटराई र उमा भण्डारीलाई महासंघले पुरस्कृत गरेको हो ।

त्यसैगरी, महासंघले सञ्चार माध्यम तर्फ प्रदेश टुडे दैनिक, रेडियो झरना, राजमार्ग अनलाईन र सप्तरंगी टेलिभिजनलाई सम्मान गरेको छ ।

महासंघले संस्थागत विकासमा योगदान पुर्‍याएको भन्दै घोराही उपमहानगरपालिकाका कार्यालय, वडा नम्बर १४, वडा नम्बर १५, दाङ जिल्ला उद्योग बाणिज्य संघ र कार्यालय सचिब अमिता चौधरीलाई कदर पत्र प्रदान गरेको छ । महासंघले अक्ष्यकोष स्थापनाकर्ता चन्द्रप्रसाद भटराईलाई कदर पत्र प्रदान गरेको छ ।

महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल, केन्द्रीय सचिव उदय जीएम, केन्द्रीय सदस्य जन्मदेव जैशी, प्रदेश अध्यक्ष मौसम रोकालगायतले शुभकामना दिनुभएको थियो । उपाध्यक्ष लीला शाहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव भुपेन्द्र ओलीले गर्नुभएको थियो ।

Facebook Comments