• २१ भाद्र २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा खुल्यो गुर्खा फिटनेस एण्ड ट्रेनिङ सेन्टर




फोर्स क्षेत्रमा प्रि रिक्रियुटमेन्ट ट्रेनिङ दिने लक्ष्यका साथ घोराही उपमहानगरपालिका वडा नं १५ काठेकोहलमा गुर्खा फिटनेस एण्ड ट्रेनिङ सेन्टर खुलेको छ ।

आज एक कार्यक्रमको आयोजना गरि उक्त ट्रेनिङ सेन्टरको उद्घाटन गरिएको छ । गुर्खा फिटनेस एण्ड ट्रेनिङ सेन्टरका सन्चालक प्रकाश घर्ति मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवम सो संस्थाकै कोषाध्यक्ष राज राणाको बिशिस्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले मानिस सामाजिक र मानसिक रुपमा तन्दुरुष्ट हुनको लागि शारिरीक व्यायामले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

उहाँले युवाहरुको मागलाई मध्यनजर गर्दै खोलिएको गुर्खा फिटनेस एण्ड ट्रेनिङ सेन्टरले दक्ष एवम उत्कृष्ट जनशक्ति उत्पादन गर्नेमा आफु आशावादी भएको बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै गुर्खा फिटनेस एण्ड ट्रेनिङ सेन्टरका सन्चालक प्रकाश घर्ति मगरले युवाहरुको मागलाई मध्यनजर गर्दै देशमा उत्कृष्ट रुपमा दक्ष जनशक्तिहरु खडा गर्ने उध्यश्यका साथ आफु कटिवद्ध भएर लाग्ने बताउनुभयो ।

उहाँले गुर्खा फिटनेस एण्ड ट्रेनिङ सेन्टर जिल्लामै पहिलो पटक एक्स इन्डियन आर्मीद्धारा प्रशिक्षण दिने संस्था भएकाले जो कोहिले पनि यस संस्थामा जोडिन सक्ने बताउनुभयो । दाङ जिल्ला र यसका आसपासमा रहेका सल्यान, रुकुम, रोल्पा, प्युठान लगायतका जिल्लाबाट गोर्खा आर्मीमा भर्ती हुने पुरानो परम्परा भएकाले गुर्खा फिटनेस एण्ड ट्रेनिङ सेन्टरले दक्ष प्रशिक्षबाट प्रशिक्षण र तालिम दिइने हुदा इच्छुक व्यक्तिले सम्पर्क राख्न पनि अनुरोध गर्नुभएको छ ।

कार्यक्रमकममा विभिन्न संस्थाबाट प्रतिनिधित्व गर्दै सहभागीता जनाएका थिए ।

Facebook Comments