• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रधानमन्त्री आउने पूर्वसन्ध्यामा देउखुरीमा मसाल जुलुस




प्रधानमन्त्री केपी शर्मा ओली आउनुभन्दा एक दिनअघि बिरोधमा मसाल जुलुस गरिएको छ । पार्टी विभाजनसँगै प्रदेशभरिका कार्यकर्तालाई देउखुरीमा उतारेर गरिने जनसभालाई सम्बोधन गर्न नेकपा ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री ओली देउखुरी आउँदै हुनुहुन्छ ।

उहाँ देउखुरी आउने भएपछि देउखुरीभरि नै सुरक्षाकर्मी तैनाथ गरिए पनि नेकपा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् । झण्डै एक सयको हाराहारीमा रहेका कार्यकर्र्ताले राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीचोकदेखि पव्लिक स्कुल लालमटियासम्म मसाल जुलुस गरेका थिए ।

संविधानबिपरीत संसद बिघटन गरेर पञ्चायती शैलीमा ओली देश दौडाहा निस्केको भन्दै नेकपा प्रचण्ड–नेपालका कार्यकर्ताहरुले मसाल जुलुस गरेको सो पार्टीका एक नेताले बताए । सोमवार पनि प्रदर्शनका कार्यक्रम राखिएको उनले जानकारी दिए ।

ओलीले कार्यकर्ता भेलालाई सम्वोधन गर्नुअघि सिसहनियाँ महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन गर्ने कार्यक्रम मिलाइएको छ । त्यसपछि र राप्ती गाउँपालिका २ लालमटीयामा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । बिरोध प्रदर्शनका कार्यक्रम बढेपछि पुल उद्घाटनस्थलदेखि लालममटियाको दूरी छोटो रहे पनि हेलिकोप्टरबाटै आउने जाने ब्यवस्था मिलाइएको सुरक्षास्रोतले जनाएको छ ।

दाङको राप्ती र गढवा गाउँपालिकालाई जोड्ने राप्ती नदीको पुल तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गर्नुभएको थियो । त्यतिबेला प्रचण्ड पुल उद्घाटनका लागि आउँदा तत्कालिन नेकपा एमालेले दाङ बन्दको आव्हान गरेको थियो।

प्रचण्ड दाङ आउँदा खबर संकलनका लागि पुगेका पत्रकारमाथि तत्कालिन नेकपा एमालेका कार्यकर्ताले लमहीमा दुर्व्यवहारसमेत गरेका थिए ।

तत्कालिन एमाले दाङका इञ्चार्ज मेटमणि चौधरीले प्रधानमन्त्री ओलीलाई लाज नभएको नेताको संज्ञा दिनुभयो । ‘त्यतिबेला हामीले पार्टी केन्द्रकै निर्देशनमा प्रचण्ड दाङ आउँदा जिल्ला बन्द आह्वान गरेका थियौं,’ चौधरीले भन्नुभयो– ‘‘आज तीनै ओली प्रचण्डले सिलान्यास गरेको पुल तामझाँमका साथ उद्घाटन गर्न आउनु कति लाज नभएको होला ?’

Facebook Comments