• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिद तथा बेपत्ता सन्तति फाउण्डेशनको कर्णाली प्रदेश समिति गठन




दश बर्षे जनयुद्धको क्रममा सहादत प्राप्त गरेका सहिद तथा बेपत्ताका सन्ततिहरुको साझा संगठन सहिद सन्तति फाउण्डेशनको कर्णाली प्रदेश समिति गठन गरिएको छ ।
फाउण्डेशन केन्द्रीय समितिको ६ माघमा बसेको बैठकले गरेको निर्णयअनुसार कर्णाली प्रदेश समिति गठन गरिएको छ । फाउण्डेशनका महासचिव अटल आचार्य र संगठन विभाजन संयोजक प्रकाश पाण्डेले विज्ञप्ति जारी गरी सो जानकारी दिनुभएको हो ।

जसको अध्यक्षमा समीर केसी रहनुभएको छ भने उपाध्यक्ष कपिल सुबेदी, सचिव शारदा शर्मा, सहसचिव कमल न्यौपाने, कोषाध्यक्ष मनोज शाही, सदस्यहरु युवराज शाही, अभियान पौडेल, सुमन ध्यार, सबितापरियार, बिनिता मल्ल, कमल पाण्डे, बिरु नेपाली, पवन ओली, सुवास शर्मा, सूर्यप्रकाश गिरी, बिपना बुढाथोकी, ज्योति गौतम , धनकृष्ण जैशी, मोेतिलाल रोकाय, देविलाल बुढा, मदन धामी, दिपेन्द्र शाही, छक्क फर्साल, बसन्त फडेरा, चक्र ऐडी र बीरजन बुढा रहनुभएको छ ।

बाँकी नौ जना मनोति गरिने विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाललाई न्यायपूूर्ण, सभ्य, सुुसंस्कृत, वैज्ञानिक तथा समुुन्नत मुुलुुकमा रुपान्तरण गर्ने महान् अभियान स्वरुप नेपाली भूूमीमा १० वषको लामो जनयुुद्ध चल्यो र त्यस क्रममाथुुप्रै सपुतहरुले ज्यानगुमाउनु र वेपत्ताहुनुप¥यो । उहाँहरुको वलिदान पूर्ण संघर्ष, त्याग, समर्पण र वलीदान कै कारण आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाभएको छ र नेपालीजनताकाहकअधिकारहरु संवैधानिक रुपमा स्थापितभएका छन । महान सहिदहरुको सम्मानगर्दै जनयुुद्ध र जनआन्दोलनको दौरान सहादतप्राप्त गर्नुुभएकामहान सहिदरवेपत्तायोद्धाहरुका परिवारलाई सम्मान, सन्ततिहरुलाई शिक्षा, रोजगारी तथा स्वास्थ्यकाअवसर उपलब्ध गराउनुुपर्ने आवश्यकतालाई महसुुस गर्दै सहिदतथा वेपत्ता योद्धा सन्तती फाउण्डेशनको स्थापनाभएको हो’– विज्ञप्तिमा भनिएको छ ।

Facebook Comments