• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नयाँ सडकका ब्यापारीमा पुरानै चिन्तनः फूटपाथको सुन्दरता मिचिने खतरा




जम्काभेट भयो नै उभिएर भलाकुसारी गर्छन् । त्यसैले ठाउँ ठाउँमा समूह बनेको देखिन्छ । केही खोज्नुपरे निर्धक्क फर्केर हेर्छन् । खुला ठाउँ र सवारीसाधनको डर नभएपछि रमाउने धेरै छन् । तुलसीपुर चोक देखि दामोदर चोकसम्मको फुटपाथमा रमाइलो हुन्छ ।

फूटपाथकै रुपमा प्रयोग भएपछि त्यसको सौन्दर्यता स्थापित हुने न्यूरोडका स्थानीय कुलदीप न्यौपानेको भनाई छ । उहाँका अनुसार पैदलयात्रुहरुले जति उपयोग गर्छन्, त्यति यसको गरीमा बढ्छ । पैदल यात्रुको सुरक्षा हुन्छ । सडक दुर्घटना घट्छ । सवारी साधन झुक्किने खतरा टर्छ । यसरी लाभ लिनेसंगै फुटपाथ मिचेर व्यापार व्यवसाय बढाउने लोभी पनि बढेका छन् ।

केही पसलहरुले ह्यांगर गाँसेर फुटपाथ मिच्न थालेका छन् । कतिले आधा फुटपाथ मिच्नेगरी कपडा टंगाएका छन् । फर्निचरका सामग्री फिँजेका छन् । बाटै नदेखिने गरी अतिक्रमण गरेको छन् । ‘हेर्नुस् यति बाहिरसम्म कपडा टंगाउन मिल्छ कि मिल्दैन ?’– सिद्धबाबाका धनपति शर्माले भन्नुभयो– ‘यहाँ त फूटपाथ मास्ने प्रतिस्पर्धा शुरु भएको छ ।’ उहाँका अनुसार तल्लो माथिल्लो पसललै बाहिरीसम्म फिँजेपछि बीचकोले बाध्य भएर सामान निकाल्नुपर्छ ।

एकनासको लाईनमा घर बनाउँदा अति उत्तम हुन्थ्यो । त्यसमा नगरपालिकाले उहिल्यै देखि ध्यान दिएन । घरहरु कोहि अगाडि र कोहि पछाडि छन् ।

कार्यकारी अधिकृत तुफान सिंह केसिका पालामा भयाङ फाल्ने अभियान ल्यायो । बाहिर बाट गाँसेका भयाङ इन्जिनियर रामधन श्रेष्ठ नेतृत्वमा फालियो । त्यसैबेला सडकमा पानी खसालेका पाइप फाल्ने अभियान थियो । सार्वजनिक स्थल तथा कसैको जग्गा जमिनमा छतको पानी फाल्न पाईन्न ।

यति वेला सम्म पनि न्युरोडका पाईप हटेका छैनन् । फुटपाथमा हिड्नेका टाउकामा घरका छत बाट पानी खस्छन् । त्यसरी सडक मिच्दा पनि नगरपालिकाले आँखा चिम्लेको स्थानियको गुणासो छ । फुटपाथ बनेपछि अतिक्रमण बढिरहेको छ ।

त्यसमा कहिल्यै ध्यान दिएन । उहिले कर्मचारीले डोजर लगेर भयाङ र अतिक्रमित टहरा फाल्ने गर्थे । अहिले जनप्रतिनिधिले आँट्नै सकेनन् । नगरप्रहरीले सडकमा पसल फिंजेका सित दिनहुँ झगडा गर्छ । पसलका ह्रयांगरमा भने आँखा लगाएको छैन ।

न त टोलविकास संस्थानै जिउदो जाक्तो भएर सौन्दर्य बढाउन तिर लागेको छ । बनेको संरचनालाई झन् राम्रो बनाउनेतिर ध्यान पुगको देखिन्न । त्यसरी व्यवास्था गर्नाले फुटपाथको सौन्दर्य मिच्ने खतरा बढको छ ।

Facebook Comments