• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टाइगर फाउण्डेशनको पहलमा बन्यो बिपन्नको घर




बाँफिकोट गाउँपालिका ३, नेपानेका चुक्तबहादुर विकको घर बनेको छ । नेपाल टाइगर फाउण्डेशनले विकको समस्यालाई मध्यनजर गर्दै सानो घर बनाइदिएको हो ।

घर भत्किन लागेको, सबैतिरबाट चुहिने भएपछि फाउण्डेशनले भित्ता लगाएर नयाँ जस्ता राखेर घर बनाइदिएको हो । अरु कोही नभएर एक्लै बस्दै आएका चुक्तबहादुरको समस्या देखिएपछि फाउण्डेशनका अध्यक्ष लालबिर बोहराले घर बनाउने अभियान सुरु गर्नुभएको थियो ।

घर तयार भएपछि मंगलबार नेपाने नै पुगेर फाउण्डेशनको टोलीले अरु सामग्री समेत प्रदान गरेको छ । २ बोरा चामल, ओढ्नका लागि ब्लाकेट, सिरक तथा ओछ्याउने कपडा पनि प्रदान गरिएको छ ।

सहयोग प्रदान गर्न अध्यक्ष बोहरा, सचिव विष्णु ओली र कोषाध्यक्ष करण केसी नेपाने पुग्नुभएको थियो । बाँफिकोट गाउँपालिका ३ का अध्यक्ष चन्द्रबहादुर केसी, सिस्ने गाउँपालिका ८, रुकुम पूर्वका अध्यक्ष खर्कसिङ थापा पनि नेपाने पुग्नुभएको थियो ।

बाँफिकोट ३ का अध्यक्ष चन्द्रबहादुर केसीले चुक्तबहादुरलाई नगद २ हजार सहयोग गर्नुभएको छ । टाढाबाट गएर सहयोग गर्ने फाउण्डेशन तथा अरु सहयोगी दातालाई पनि अध्यक्ष केसीले धन्यवाद दिनुभयो । चुक्तबहादुरको गास,बास र कपासमा समस्या देखिएपछि फाउण्डेशनको तर्फबाट सानो भएपनि सहयोग गरिएको अध्यक्ष बोहराले बताउनुभयो ।

Facebook Comments