• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खगेन्द्र बहादुर बस्नेतको सम्झना




नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक खगेन्द्रबहादुर बस्नेतको ९३ औं जन्म जयन्ती सोमबार घोराहीमा मनाइयो । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा दाङको आयोजनामा कार्यक्रम आयोजना गरिएको थियो ।

दाङ शाखा सभापति शरद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय उपमहासचिव चिन्तामणि पौडेलले २०२६सालमा नेपाल अपाङ्ग संघ स्थापना गरेर खगेन्द्र बहादुर बस्नेतले नेपालमा अपाङ्गता भएकाहरुको अधिकारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । जन्मदा सांग भएपनि पछि अपाङ्ग हुनुभएका बस्नेतले आफ्नो सम्पती नै अपाङ्गहरुको सेवामा समर्पण गरेको जानकारी पनि उहाँले दिनुभयो ।

यस्तै नेपाल अपाङ्ग संघ दाङका निवर्तमान सभापति श्रीमन न्यौपानेले अपाङ्गता भएकाहरुलाई अधिकार दिने कुरा दयाको कुरा नभएर अधिकारको कुरा भएको बताउनुभयो । अपाङ्गता भएकाहरुलाई दया भन्दा पनि अवसरको खाँचो रहेकोमा उहाँको जोड थियो । राज्यले सवैलाई अधिकार बराबर दिनुपर्ने भन्दै अपाङ्गता भएकाहरु अधिकारबाट बञ्चित भइरहेको अवस्था रहेको बताउनुभयो ।

कार्यक्रममा शाखा उपसभापति रुपा वलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने धन्यवाद शाखा कोषाध्यक्ष बसन्त भट्टले गर्नुभएको थियो । शाखा सभापति अधिकारीले खगेन्द्र बहादुर बस्नेतको जीवनीका बारेमा बोल्नुभएको थियो । कार्यक्रमको संचालन सचिव भुमा चौधरीले गर्नुभएको थियो । १९८५ साल माघ ५ गतेका दिन जन्मनुभएका खगेन्द्र बहादुर बस्नेतको निधन २०३४ सालमा भएको थियो ।

Facebook Comments