• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिगतलाई अङगाल्न, बर्तमानलाई सम्हाल्न र भविष्यलाई स्वीकार्न सिकौं




कतिबेला कुन परिस्थिति सङ्ग जुध्नुपर्छ कल्पना गरिएकै हुदैन । बर्तमानमा बिस्व कोरोना भाइरसको सन्त्रासले त्रसित भइरहेको छ । कयौं शहरहरुमा लकडाउन, कर्फु,लाग्यो, व्यापार ब्यबसाय उधोकलगायतका क्षेत्रहरू ठप्प भए । कयौं मानिसहरू बेरोजगार भए त हजारौं मानिसहरु अलपत्र थिए । करोडौं संख्यामा संक्रमित र लाखौंको संख्यामा मानिसहरुको मृत्यु भइसको कारण बिस्वनै स्तब्ध रहेको छ ।

आणविक हतियार उत्सर्जनका भट्टिहरुबाट पस्चतापका आसुहरु बगिरहेका होलान् शायद एक्काइसौं शताब्दीको यहीँ बिन्दुबाट बिज्ञानको धार परिबर्तन हुनेछ र मानव जिवनमा नयाँ खोज सुरु हुनेछ। यतिबेला परिवर्तनको शन्यू बिन्दुबाट नै बिज्ञानजगमा उथुलपुथुल देखिएको छ । विश्व अर्थतन्त्र मै तरलता देखिन थालेको छ,ठुला र चलायमान अर्थतन्त्र भएका मुलुकहरु खोप बिकासमा दौडिरहेका छन । साघुरो अर्थतन्त्र भएका गरिबमुलुकहरु सहयोगको अपेक्षा गरि रहेका छ्न, माहामारिका विरुद्ध लड्न बिश्वास एक धारमा उभिएको छ,जसले सामाजिक सद्भाव र भाइचाराको अबस्था सृजना भएको छ । कृषिको उत्पादन बढेको छ शहर केन्द्रित बस्तिहरु ग्रामीण बिकासतर्फ उन्मुख हुदैछन,मानिसहरु स्वरोजगार र शिप बिकासका अबसररुको खोजीमा रहेका रहेका छन ।

शिक्षाको लागि गुरुकुल र स्वास्थको लागि आयुर्वेदको इतिहासलाई फेरि एकपटक स्मरण गराएको छ । बिज्ञान प्राविधिको सहजता र चुनौतीको बहसलाई दोहोर्‍याएको छ । ध्यान योगा प्रणायम र आध्यात्मिक चिन्तनलाई शुख र सान्तिको अस्त्रका रुपमा स्वीकार गरेको छ । पोषणयुक्त खानपान र नियमित सरसफाई सम्बन्धि चेतनाको अभिबृद्धी गरेको छ । स्वार्थ लोभ लालच र बिलासितालाई परिश्रमको मुल्य सिकाएको छ । मौनताले सृजनशिलताको बिकास भएको छ, बाझा जमीनहरु खेतबारिमा परिणत भइरहेका छन ।

समयको अन्तरालमा देखिने ठुला समस्याका प्रमुख कारणहरु मानबियलगायत, औद्योगिक र बाताबरणिय रहेका छ्न, यस्ता समस्याको शिघ्र समाधान तर्फ बिस्वको ध्यान केन्द्रित भइरहेको छ । हरेक समस्याले समाधानको पाठ सिकाउछ । तथापि माहामारी समस्या मात्रै नभई परिवर्तनको नयाँ आधरशिला हुनेछ ।


त्रिवेणी १० रुकुमपश्चिम

Facebook Comments