• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ऐतिहासिक रानीमहल व्यवस्थापन र संरक्षणको पर्खाइमा




पर्यटकीय क्षेत्रहरु आफैमा सुन्दर र रमाइला हुन्छन् । हरेक पर्यटनका क्षेत्रले आ–आफ्नै महत्व सहितको पहिचान बोकेका हुन्छ । जो प्राकृति दृष्टिकोणले होस् या भौगोलिक भूवनावटले होस् वा धार्मिक क्षेत्रसँग जोडिएको होस् । सबै पर्यटकीय क्षेत्रको मुख्य उद्देश्य भने पर्यटकहरुलाई आकर्षित गर्नु हो । आफ्नो पर्यटकीय क्षेत्रसँग जोडिएको वास्तविक विषयवस्तुलाई विश्वसामु चिनाउन पनि उत्तिकै भूमिका निर्वाह गरिएका हुन्छन् ।

नेपालमा थुप्रै पर्यटकीय स्थलहरु रहेका छन् । तर अधिकांश पर्यटकीय क्षेत्रहरु अहिलेसम्म पनि व्यवस्थापन तथा संरक्षण नभएका देखिन्छ । पर्यटन क्षेत्रको विकास गर्नका लागि त्यसलको अभिन्न अङ्गको रुपमा आर्थिक पाटो जोडिन्छ । जनचेनता र आर्थिक समस्यकै कारण प्रायः धार्मिक तथा पर्यटन क्षेत्रको स्तरोन्नती हुन सकेका छैन् । पर्यटन क्षेत्रमा भएका लोकउन्मुख तथा पुरातात्विक मुर्तिहरु हराएका छन् । यसो हुनुमा भौगोलिक विकटताका कारणहरु सहित सम्बन्धित क्षेत्रहरुको वेवस्ता पनि भएको पाइन्छ ।

पछिल्लो समयमा पाल्पामा पर्ने ऐतिहासिक रानीमहल पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । पाल्पाको तानसेन नगरपालिकामा पर्ने रानीमहल आन्तरिक पर्यटक देखि लिएर बाह्य पर्यटकहरुको पहिलो रोजाइको पर्न थालेको छ । राजा खड्क शम्शेरको पालामा आफ्नो श्रीमतीको नामका विं.सं.१९५४ सालमा रानीमहलको सुरुवात गरिएको भएतापनि ५ वर्षको अवधिमा सो महल विं.सं.१९५९ मा निर्माण कार्य सम्पन्न भएको हो ।

कोरोना भाइरसका कारण बन्द सबै पर्यटन स्थलहरु विस्तारै खुल्दै गर्दा नेपालको ताजमहल भनेर चिनिने रानीमहल नखुल्दा महल घुम्न आउने पर्यटकहरु निरास भएर फर्किने गरेका छन् । रानीमहलमा साँझ बिहान धेरै चिसो हुनेभएकाले सुरक्षित आवासको व्यवस्था नहुँदा खुल्ला आकासमुनि अस्थाई क्याम्पमा मंहगो भाडा तिरेर रात कट्नु बाध्यता रहेको पटर्यकहरुले बताएका छन् । रानीमहलको आकर्षण बढ्दै गइरहदा त्यहाँको भौतिक संरचनाको व्यवस्थापन तथा संरक्षणको अभाव हुँदा भवनहरुको कु्रप बन्दै गइरहेका समेत पर्यटकहरुले बताएका छन् ।

सुरक्षा अवभावका कारण रानीमहलमा भएका महत्वपूर्ण तथा ऐतिहासिक लोकउन्मुख प्रायः मुर्तिहरु चोरी भएको र त्यसको सुरक्षा निमित्त २०७२ सालमा न्युन संख्यामा प्रहरी राखिएको स्थानीयहरुले बताएका हुन् ।
पहिलो पटक रानीमहल हेर्न गएका बुटलव निवासी ६२ वर्षिय झिमबहादुर राणाले यहाँको भौगोलिक वातावरण र उत्तरवाहिनी भएर बग्ने कालिगण्डकीको काखकैमा रहेको रानीमहलले रमनीय बनाएको बताए । टाढाबाट रानीमहलमा कस्तो छ भनि हेर्न आएको तर यहाँ कोरानाको कारण कसैलाई प्रवेश गर्न नदिएकोप्रति आफूहरुमा निरासता छाएको उनले बताए ।

त्यसैगरी चितवन निवासी २७ वर्षिय केशरी तामाङ्गले पर्यटन क्षेत्र विकट ठाउँमा रहेको र बाटोको अवस्था नाजुक रहेको बताइन् । रानीमहल वरपरको वातावरण निकै सुन्दर र रमाइलो रहेको तर महलभित्र पस्न नपाउदा नरमाइलो महसुन भएकोे समेत उनले बताइन् ।

पाल्पाको तानसेन नगरपालिका १३ का वडाध्यक्ष टुकप्रसाद भट्टराईले रानीमहल भद्रगोल अवस्थामा रहेको बताए । पाल्पाको तानसेनबाट १३ किलोमिटर दुरी पारगरेपछि पुगिने रानीमहल हेर्न जाने अधिकांस पर्यटकहरु जेसोचेर गएका हुन्छन्, त्यो संरचनाहरु नदेख्दा निरास भएर फर्किने गरेको र त्यहाँको समस्याका बारेमा दैनिक ५० जना पर्यटकहरुले आफूलाई फोन आउने गरेको उनको भनाई छ ।

रानीमहलमा ऐतिहासिक पुराना संरचनाहरु जिर्ण बन्दै गइरहेको र त्यसलाई व्यवस्थित गर्ने निकायहरु नभएको जस्तो आभाष भइरहेको छ । यद्धपि रानीमहलको व्यवस्थित गर्नको लागि महलपरिसर भरि सरसफाई गरेको समेत उनले बताए । भत्किन लागेको संरचना मर्मत सम्भार गर्न वडाको मात्रै चासो नभएर सबै सम्बन्धित निकायको चासो बढ्नुपर्ने उनको भनाई छ ।

उता पाल्पाको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले रानीमहलको संरचना व्यवस्थित गर्नको लागि डिपिआर समेत तयार भइसकेको बताए । महलमा भौतिक संरचना देखि लिएर थुप्रै समस्या भएको र त्यसका लागि विस्तारै व्यवस्थापन तथा संरक्षण गर्नमा आफूहरु लागिपरेको उनले बताए । रानीमहलमा अहिले सबैभन्दा बढी शौचालयको व्यवस्था नभएको र शौचालय बनाउनका लागि अब छिट्टै प्रक्रिया अगाडि बढ्ने उनको बताए ।

Facebook Comments