• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कुशल चालक मिट्ठुको स्मृतिमा खाद्यान्न वितरण




कुशल चालकका रुपमा रहनुभएका मिट्ठु पोख्रेलको सँझनामा उहाँका अभिभावकहरुले घोराहीमा रहेको बृद्धाश्रम र अपाङ्ग संघमा खाद्यान्न र फलफूल वितरण गर्नुभएको छ ।

घोराही लमही सडक खण्ड अन्तरगत गोग्ली भन्दा केही पर भएको दुर्घटनामा उहाँको निधन भएको थियो । मिट्ठुका बुवा गुरुप्रसाद पोखरेल, आमा बालिका पोखरेल, उहाँका भिनाजु रामप्रसाद आचार्य, छोरा प्रविन पोखरेल, छोरी प्रजया पोखरेल र धर्मछोरा कुमार उप्रेतीले बृद्धाश्रम र अपाङ्ग संघमा पुगेर सामग्री प्रदान गर्नुृुभएको थियो ।

बृद्धाश्रममा भएको कार्यक्रमा त्रिशिद्धेश्वरी यातायात प्रालिका बरिष्ठ उपाध्यक्ष भरतनाथ योगी, व्यवसायी नारायण चालिसे लगायतले चामल, दाल, तेल, घिउ, विस्कुट र फलफूल प्रदान गर्नुभएको थियो ।

यस्तै अपाङ्ग संघमा आयोजना गरिएको कार्यक्रममा नेपाल अपाङ्ग संघ खगेन्द्र जीवन केन्द्रका अध्यक्ष शरद अधिकारी, उपाध्यक्ष रुपा वलीलाई खाद्यान्न सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा एभरेष्ट इन्सोरेन्स प्रालि घोराहीका प्रमुख डा. लोकराज पराजुली, मिठ्ठुका वुवा गुरुप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो ।

Facebook Comments