• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेरास्ववियू दाङको जिल्ला समितिलाई पूर्णता




नेकपा कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल)निकट अनेरास्ववियू दाङको समिति विस्तार गरिएको छ ।

पार्टीमा आएको विभाजनसँगै सहसंयोजकसहित केही जिल्ला सदस्य ओली समूहमा लागेपछि केही सहसंयोजक र केही सदस्य थप गरी जिल्ला विस्तार गरिएको सो संगठनले जनाएको छ ।

जसको संयोजकमा यसअघिकै संयोजक जंग रोकाले निरन्तरता पाउनुभएको छ भने सहसंयोजकको जिम्मा रविन्द्र डाँगीले पाउनुभएको छ ।

जिल्ला समिति यसअघिकै संख्यामा नबढ्ने गरी ६१ सदस्यीय बनाइएको छ । जसमा कार्यालय सदस्यहरु कल्याण अधिकारी, प्रकाश रावत, गिरबहादुर महरा, रविन ओली र निश्चल केसी रहनुभएको छ ।

संयोजक जंग रोकाको अध्यक्षता एवं नेकपा जिल्ला अध्यक्ष टीकाराम खड्काको प्रमुख तथा सचिव तुलसीराम पुन ‘सुवास’को बिशिष्ठ आतिथ्यमा भएको बैठकले जिल्ला समिति विस्तार गरेको सो संगठनले जनाएको छ ।

Facebook Comments