• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
किशोरीहरुका लागि फोलिक एसिड वितरणसम्वन्धी पालिकास्तरीय समीक्षा




रोल्पाको रुन्टीगढी गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाको आयोजनामा किशोरीहरुका लागि आइरन फोलिक एसिड वितरण सम्वन्धी पालिकास्तरीय समिक्षा कार्यक्रम आईतवार रोल्पाको होलेरीमा सम्पन्न भएको छ ।

रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा अथितिहरुमा उपाध्यक्ष छमायाँ पुन, प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराई, स्वास्थ्य शाखा संयोजक गणेश बुढा, शिक्षा प्रमुख अञ्जु शर्मा, पोषण तथा स्वास्थ्य अधिकृत विवेक उप्रेती,रुडस नेपालका फिल्ड संयोजक टेकेन्द्र घर्ति लगायत रुन्टीगढी गाउँपालिका अन्र्तगत विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा आइरन फोलिक एसिडको आवश्यकता र महत्वको बारेमा समेत अन्र्तक्रिया गरिने जानकारी प्राप्त भएको छ ।

कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले यो कार्यक्रमबाट सिकेका सीप र ज्ञानको उपलव्धी दिर्घकालिन रुपमा देखिने भएको हुँदा गम्भिर भएर ब्यवाहारमा लागु गर्नको लागि सम्पुर्ण सम्बन्धित कर्मचारीहरुलाई आग्रह गरेका हुन् ।

कार्यक्रमको समापन गर्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बुढाले शुशासन र काममा गुणस्तर ल्याउने भनेकै कर्मचारी भएकोले सम्पुर्ण सम्बन्धित निकाय तथा कर्मचारीहरुलाई अनुरोध गर्दै कार्यक्रमको फलदायीको कामना समेत गरेको बताए ।

रुन्टीगढी गाउँपालिकाका शिक्षा प्रमुख अञ्जु शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्रोतब्याक्ती कुलराज आर्चायले हुन् ।

Facebook Comments