• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही नयाँबसपार्कमा अम्बिकेश्वरी डेन्टल एण्ड फार्मेसी उद्घाटन




दाङको घोराही स्थित नयाँ बसपार्कमा अम्बिकेश्वरी डेन्टल केयर सेन्टर एण्ड फार्मेसी सञ्चालनमा आएको छ ।

घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले एक कार्यक्रमबीच सेन्टर एण्ड फार्मेसीको उद्घाटन गर्नुभएको हो ।

सेन्टरमादाँत सम्बन्धी सम्पूर्ण उपचार गरिने सञ्चालक शिला आचार्यले जानकारी दिनुुभयो । उहाँकाअनुुसार सेन्टरमा दाँतको तार बाँढ्ने, सफागर्ने, स्केलिङ गर्ने, दाँतभर्ने लगायतका सम्पूर्ण समस्याको उपचार गरिन्छ ।

सेन्टरमा रगत, दिशा, पिसाब तथा सम्पूर्ण ल्याब परीक्षण गरिने अर्का सञ्चालक पाण्डव शर्माले जानकारी दिनुुभयो । ‘हामीले केही समयभित्र दाँतबाँहेक अन्य रोगको पनि विशेषज्ञ डाक्टरसहितको उपचार सेवा सञ्चालनगर्ने तयारी गरेकाछौं’ उहाँले भन्नुुभयो– ‘एक्सरे सेवा पनि सञ्चालनमा ल्याउँदै छौं ।’

प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर चौधरीले स्वास्थ्य संस्थाहरु स्थापना हुनु नगरबासीहरुलाई फाइदाजनक भएको बताउनुुभयो । ‘बसपार्क क्षेत्र र यस आसपासका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी सेवा सञ्चालन गर्नुभएको छ,’– उहाँले भन्नुुभयो– ‘दाँत सम्बन्धी समस्या भएका समग्र नगरवासी तथा राप्ती क्षेत्रकै जनतालाई सहज हुने छ भन्ने मैले विश्वास लिएको छु ।’

नेपाल चिकित्सक संघ दाङकाअध्यक्ष डा. कुुबेरकुमार रेग्मीले गुणस्तरीय स्वास्थ्य संस्थाहरु स्थापना हुुनु आम नागरिकका लागि सकरात्मक भएको बताउनुुभयो । उद्घाटनको दिन सम्पूर्ण सेवाहरु ५० प्रतिशत छुटमा गरिएको थियो ।

उद्घाटनको अवसरमा एक महिनाका लागि पूर्णरुपमा निशुल्क सुुगर परिक्षको व्यवस्था गरिएको सञ्चालक पाण्डव शर्माले जानकारी दिनुुभयो ।

Facebook Comments