• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिदेशमा रहेका नेपालीले पठाएको रकमले बत्ती बल्न राहत




हिक्मत पटेल/तकसेरा – रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउपालिका वडा नं १२ फल्नै मा बैदेशिक रोजगारको सहयोगले गाउँमा बत्ती बल्न राहत मिलेको छ ।

आर्थिक वर्ष ७६ र ७७ मा वडा बाट ८ लाख विनियोजित भई निकासा भएको र चालू आर्थिक वर्षमा वडाबाटनै १२ लाख विनियोजित भएको र सांसद विकासबाट ५ लाख गरि जम्मा २५ लाख बजेतमा बत्तिस लाख लागत लागेकोमा बिदेशी सहयोगले राहत मिलेको हो ।

चालू आर्थिक वर्षका बजेत निकासा नभएता पनि अनुमानित हिसाब गर्दा ओख्मा खोला लघु जलविद्युत आयोजनाबाट विस्तार गरिएको फल्नै गर्खानीमा विद्युत उपभोग गर्ने व्यक्तिहरुबाट प्रति व्यक्ति तीन हजार नौ बीस पर्ने मा फल्नैको भागमा पर्ने १ लाख ५२ हजार ८ सय २० मा १ लाख ४६ हजार १ सय रुपैयाँ बैदेशिक रोजगारबाट सहयोग प्राप्त भएको छ ।

बैदेशीक रोजगारमा अफगानिस्तान गएका तिकाजंग मल्लको विशेष पहलमा सो सहयोग प्राप्त भएको हो । गाउँको लागि केही गर्नु पर्छ भनेर फल्नै घर भइ अफगानिस्तान रोजगारमा गएका प्रतेक ब्यक्तिबाट आफ्नो तलबबाट केही रकम कटाएर रकम संकलन गरि सहयोग गरेको पहलकर्ता मल्लले बताउनुभयो । मल्लका अनुसार यो रकम पहिलेनै संकलन गरिएको र गाउँमा जे काममा आवश्यक पर्छ त्यहाँ खर्च गर्न भनी पठाउन खोज्दा गाउँका केही व्यक्तिले हामीलाई आवश्यक पर्दैन भनेकोले त्यतिखेरबाट रकम संकलन स्थगित गरिएको थियो । अबका दिनमा भने फेरी रकम सकलन गर्न सुरु गर्ने र अन्य देशमा रोजगारका लागि गएकाहरेलाई पनि रकम संकलन गर्न पहल गर्ने पहल कर्ता मल्लले बताउनुभयो । आफुले उठाउनु पर्ने रकम बैदेशिक रोजगारमा गएकाहरुले सहयोग गरेकोमा फल्नै बासी हर्सित भएका छन ।

गाउँमा आम्दानीको कुनै स्रोत नभएको र यति ठुलो रकम उठाउन मुस्किल हुने अवस्थामा सहयोग गरिदने व्यक्तिहरुलाई गाउँ बासीले विशेष धन्यवाद दिएका छन ।

Facebook Comments