• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पर्यटनमा बेग्लै पहिचान बोकेको मुरुल्ले लेक




हेमन्त प्रकाश वली

हरेक पहाडहरुको आ–आफ्नै पहिचान बोकेका हुन्छन् । आफ्नै प्राकृति सौन्दर्यले भरिपूर्ण रहेका थुप्रै चुचुरा, टापु, पहाड र लेकहरु छन् । तर, रोल्पाको रुन्टीगढी गाउँपालिकाको ६ नं. वडामा रहेको मुरुल्ले लेक नितान्त फरक पहिचान बोकेको छ । पर्यटकको आकर्षक कन्दे्रको रुपमा रहेको मुरुल्ले लेक रमनिय वातावरण रहेको छ ।

यस्तै रोल्पाको रुन्टीगढी गाउँपालिका ६ मुरुल्ले लेकमा काठैकाठको मन्दिर उद्घाटन गरिएको छ । मुरुल्ले म्याग्जिनगढी पर्यटन बिकास समितिकोको आयोजनमा लेकमा निर्माणमा भएको अर्धनारेश्वरी हवनको काठैकाठको मन्दिर उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले होलेरी बजारदेखि ३.५ किलोमिटरको दुरीको हिडाइमा पुगिने यो मुरुल्ले लेक समुन्द्र सतहदेखि करिब २१०८ मिटरको उचाईमा रहेको बताए । पर्यटन क्षेत्रलाई सम्बद्र्धन गर्नका लागि आफु र गाउँपालिका सदैब सकारात्मक भएको बताए । यो मुरुल्ले लेक बचाउन र संरक्षण तथा सम्बद्र्धन गर्दै पालिका भित्ररहेका सबै पर्यटकीय स्थलहरुलाई विस्तारै पर्यटनको आकर्षक केन्द्र बनाउने उनको भनाई छ ।

मुरुल्ले लेक धार्मिक तथा पर्यटकीय स्थलका लागि एक उपयुक्त, सुन्दर र रमनिय ठाउँ भएको र यसलाई थप संरक्षण तथा सम्बद्र्धन गरी उत्कृष्ट पर्यटकीय स्थल बनाउने कार्यक्रममा उपस्थित सहभागिहरुले बताए । पर्यटन क्षेत्रलाई आर्कषित बनाउदै लगेमा आन्तरिक तथा वाह्य पर्यटकहरु भित्र्याइ आर्थिक लाभ लिन सकिने समेत सहभागिहरुले बताए ।

मौसम सझा भएको बेलामा मुरुल्ले लेकबाट छिमिकी जिल्लाहरु सहित भारतका विभिन्न ठाउँहरु सहजै देख्न सकिने स्थानीयहरु बताए । यहाँबाट पर्यटकहरुले पुर्वदेखि पश्चिमसम्मका थुप्रै हिमश्रृङखलाहरु प्रत्यक्ष देख्न सक्ने र धार्मिक सहित पर्यटनसँग जोडिएको मुरुल्ले लेकमा काठैकाठको मन्दिर निर्माण भएको समेत स्थानीयले हुन् ।

उद्घाटन कार्यक्रममा मुरुल्ले म्याग्जिनगढी पर्यटन बिकास समितिका अध्यक्ष चेतलाल पुनले रुन्टीगढीका चार धाम मध्यको नितान्तै फरकपनमा निर्माण भएको २५ फिट अग्लो काठैकाठको मन्दिर पाँच तलाको रहेको र जसको गोलाई करिब २५ मिटर रहेको बताए । पञ्च खम्बासहितको अर्धनारेश्वर हवन काठैकाठको मन्दिरमा ४५ खामाहरु समाबेश गरिएको समेत बताए । यो क्षेत्रलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय स्थल बनाउनको लागि सबैको चासो बढेको तर विडम्वना आर्थिक समस्याका कारण क्रमशः हुने भौतिक संचनाहरुको निर्माण कार्य भने सञ्चालन गर्न निकै अप्ठारो र चुनौती देखा परेको उनको भनाई छ ।

लेकमा काठैकाठको मन्दिर निर्माण गर्नको लागि जनस्तरबाट जनश्रमदान र स्थानीयस्तरमा रहेका सामुदायिक वनहरुले काठ उपलब्ध गराएको मुरुल्ले म्याग्जिनगढी पर्यटन बिकास समितिले बताएको हो । स्वर्गद्धारी घुम्नजाने पर्यटकहरु यो ठाउँका अवलोकन गरेर फर्किने गरेको समितिको भनाई छ ।
मुरुल्ले म्याग्जिनगढी पर्यटन बिकास समितिका अध्यक्ष चेतलाल पुनको अध्यक्ष एवं् रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजनीति दलहरु, बुद्धिजीवि, पत्रकार, स्थानीयस्तरमा विभिन्न संघसंस्थाहरुको प्रतिनिधि, सामुदायिक वनहरुको प्रतिनिधि लगाएको उपस्थिति थियो ।

कार्यक्रममा मुरुल्ले लेकमा काठैकाठको मन्दिर बनाउ लाग्ने काठहरुको उपलब्ध गराउँने सामुदायिकहरुलाई र आर्थिक रुपमा सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान गरिएको हो ।

याम बहादुर थापाको स्वातग मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण मुरुल्ले म्याग्जिनगढी पर्यटन बिकास समितिका सचिब शुबाष चन्दले गरेका हुन् ।

Facebook Comments