• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार महासंघ रोल्पाले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदै




नेपाल पत्रकार महासंघ रोल्पा शाखाले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ । शाखाले आफ्नो १५ औं स्थापना दिवस यही मंसिर १६ गते विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो ।

नेपाल पत्रकार महासंघ रोल्पा शाखाको २०७७ मंसिर १० गते सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । जसमा नेपाल पत्रकार महासंघ रोल्पा शाखाले प्रकाशन गर्न लागेको बार्षिक बुलेटिनका लागि लेख र रचना शंकलन गर्ने म्याद यही मंसिर १५ गतेसम्म थप गरेको, नेपाल पत्रकार महासंघ रोल्पा शाखाको १५ औं स्थापन दिवस निम्न कार्यक्रमहरुका साथ मनाउने जस्ता निर्णयहरु रहेका छन् ।

स्थापना दिवसको अवसरमा २०७७ मंसिर १५ गते रोल्पा जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुलाई साबुन र मास्क वितरण गर्ने, मंसिर १६ गते शुभकामना आदानप्रदान तथा “श्रमजीवि पत्रकारहरुका समस्या र समााधानका उपाय विषयक अन्तक्र्रिया कार्यक्रम” गर्ने तथा पुनश्चः मंसिर १५ गते बेलुका “नागरिकका नजरमा संचार” विषयमा नागरिक, सञ्चार माध्यम तथा पत्रकारका प्रतिनिधि बीच रेडियो सम्बाद सञ्चालन गर्न लागेको नेपाल पत्रकार महासंघ रोल्पा शाखाका अध्यक्ष महेश न्यौपानेले जानकारी दिएका हुन् ।

Facebook Comments