• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
निःशुल्क १५ दिने कम्प्यूटर सम्बन्धी ट्रेनिङ्ग हुँदै




घोराहीमा निःशुल्क कम्प्यूटर सम्बन्धी तालिम हुनेभएको छ । दाङको भरतपुरमा रहेको ब्राइट फ्युचर कम्प्यूटर इन्स्टिच्युट एण्ड लर्निङ्ग सेन्टरले निःशुल्क १५ दिने तालिम दिने भएको हो ।

बिगत ४ वर्षदेखि सञ्चालनमा आएको सेन्टरलले आफ्नो छोटो सयममै राम्रो छवी बनाएको छ । विद्यार्थीहरुको भविष्यलाई मध्यनगर गर्दै सेन्टरले कम्प्यूटर पढ्ने र सिक्न चाहने ६० जना विद्यार्थीलाई फ्रि ट्रेनिङ्ग दिन लागेको लागेको छ ।

वर्तमान अवस्थामा कम्प्यूटर आजको आवश्यकता र भोलिको अनिवार्यता भएकोले कम्प्यूटर सम्बन्धी महत्वपूर्ण जानकारी सहितको निःशुल्क तालिम दिन लागेको सेन्टरका प्रबन्धक लोकमणी भण्डारीले बताए । १५ दिने निःशुल्क तालिममा ६० जना विद्यार्थीहरु सहभागि हुने पाउने र ती विद्यार्थीहरुलाई कम्प्यूटर सम्बन्धी अफिस वर्ड, एक्सल, फन्डामेन्टल, इमेल एण्ड इन्टरनेटको बारेमा सिक्न र जान्न पाउने प िन उनले बताए ।

कम्प्यूट सम्बन्धी शिक्षा हासिल गर्न चहाने विद्यार्थीहरुले २०७७ साल मंसिर ८ गतेदेखि १६ गतेसम्म फाराम भरी सहभागी हुन पाउने, फाराम भरे बापत एक सय शुल्क तिर्नुपर्ने र मंसिर १८ गतेदेखि नै कक्षा सञ्चालन हुने उनको भनाई थियो । यो तालिममा सहभागि हुने विद्यार्थीहरुलाई कम्प्यूटर सम्वन्धी अन्य कोर्षहरु सिक्न र पढ्न चाहेमा ३० प्रतिशत छुट दिने र अति न्युन आर्थिक तथा विपन्न वर्गका विद्यार्थीहरुले वडा तथा गापाको सिफारिस लिएर आएमा कम्प्यूटरका जुनसुकै कोर्षमा ५० प्रतिशत छुट दिने उनले बताए ।

Facebook Comments