• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सफल व्यवसायको रुपमा टि–मार्ट




हरेक बजारमा क्षेत्रमा व्यापार तथा व्यवसायहरु मुनाफा आर्जन गर्ने उद्देश्यले सञ्चालनमा आएका हुन्छन् । त्यससँगै व्यापारीले आम ग्राहकहरुलाई सर्वसुलभ र गुणस्तरीय उपभोग्यका सामाग्री उलपब्ध गराउने हेतुका साथ व्यसाय सञ्चालनमा रहेको पाइन्छ । तर, बजारमा नगन्य मात्रमा पसल तथा व्यवासयहरु सञ्चालनमा आएको हुँदा प्रतिस्पर्धा गर्न निकै सकस र चुनौती देखिन्छ । प्रायः व्यवसायहरु सञ्चालन आउने र बजारमा प्रतिस्पर्धा गर्न नसकेरै बन्द हुने गरेका छन् ।

पछिल्लो चरणमा विश्वभर फैलिएको कोरोना भाईरसको कारणले झन व्यवसायीहरु धराशाही बन्दै गएका छन् । कोभिड संक्रमणले गर्दा लामो समयसम्म बन्दाबन्दीको अवस्था र बजार सञ्चालनमा आएपनि मानिसको चहलपलह नहुँदा व्यापारमा शुन्य अवस्थामा पुगेको छ ।

तर, दाङको घोराही उपमहानगरपालिका १५ भरतपुरस्थित भिङ्ग्रेली चोकमा रहेको टि–मार्ट सुपरमार्केटले आफु सफल व्यवसायीको रुपमा स्थापित गरेको छ । बिगत २ वर्षदेखि भिङ्ग्रेली चोकबाट सेवा प्रदान गर्दै आईरहेको टि–मार्ट सुपरमार्केटले आफ्नो स्थापनाको छोटो समयमै आफूलाई सफल व्यवसायीको रुपमा स्थापित गरेको हो ।

टि–मार्टले बढ्दो शहरीकरण तथा ग्राहको मागलाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिका १४ को लखनपार्कमा शाखा विस्तार गरेको टि–मार्ट सञ्चालक टिकाराम रावतले बताएका छन् । करिबर एक करोड ५० लाख बराबरको लगानीमा शाखा विस्तार गरेको टि–मार्टले शाखा विस्तारकै दिनमा आठ लाख ५० हजार बराबरको कारोबार गरेको उनले बताएका हुन् ।

पछिल्लो समयमा ग्राहक तथा उपभोक्ताले किराना पसलमा आफूले आवश्यवक पर्ने सामान नपाउने र पाए पनि चर्काे मुल्य तिर्नुपर्ने भएकाले नै त्यसको बिकल्पमा सुपरमार्केट रोज्ने तथा खोज्ने गरेको उनको भनाई छ । सुपरमार्केटमा ग्राहक तथा उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण सामानहरु पाइने र ग्राहकले आफुलाई चाहिने सामान सहज रुपमा प्राप्त गर्नसक्ने भएकाले पनि सुपरमार्केटको झनै महत्व बढ्दै गइरहेको बताएका छन् ।

शाखा विस्तारै उद्घान कार्यक्रमका अवसरमा सामाजिक सञ्जाल मार्फत गरिएको तीज विशेष फोटो प्रतियोगिताका बिजेताहरुलाई सम्मान गरिएको र टिमार्ट शाखामा खाद्यान्न घरेलु प्रयोजका सम्पूर्ण घरायसी सामान, सौन्दर्य सामग्री, शैक्षिक सामग्री, मोबाईका एशिशोरीजहरु लगाएका सामग्रीहरु उपलब्ध रहेका उनको भनाई थियो । टि–मार्टको दुबै शाखामा गरी जम्मा १७/१८ जना कार्यरत कर्मचारी भएको र त्यति कर्मचारीलाई कामको लोड अल्लि बढी हुने भएकोले अब थप कर्मचारी भर्नागरी मार्टमा सहज वातावरण वनाउने उनको भनाई छ ।

Facebook Comments