• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महरा, शर्मा र अधिकारी परिवारलाई प्रभाकरको लिखित समवेदनापत्र




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराको परिवारलाई नेकपाका स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले लिखित समवेदना पठाउनुभएको छ । महराकी श्रीमती सीता महराको निधन भएकोमा उहाँले दुःख व्यक्त गर्दै लिखित समवेदना पठाउनुभएको हो ।

आफू कोरोना संक्रमणका कारण आउन नपाएको भन्दै सचिवालयमार्फत उहाँले पत्र पठाउनुभएको हो । स्वकीय सचिव श्रीकुमार कठायत घोराही १७ स्थित निवासमै पुगेर समेवेदना पत्र हस्तान्तरण गर्नुभएको थियो ।
‘कोरोना महामारीले बिश्व आक्रान्त भएसँगै हामीहरु पनि यस महामारी बाट अछुतो रहन सकेका छैनौं । कोरोनाको यो लडाइमा हामीले पनि आफन्तहरु गुमाउनु पर्दाको पिडाका साथ बाच्नु परेको छ ’– शर्माले पठाएको समवेदनापत्रमा भनिएको छ– ‘आदरणीय क. सीता महराको कोरोनाका कारण देहान्त भएको दुःखद घटनाबाट हामी सबै दुखी र स्तब्ध भएका छौं । यस दुःखद घडीमा कोरोना संक्रमणको कारण स्वयम उपस्थित हुन सकेन तसर्थ मैले मेरो सचिवालय मार्फत समवेदना पत्र पठाएको छु ।’

उहाँले सीता महराप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँसँगका सहकार्यको स्मरण पनि गर्नुभएको छ । ‘सीता मेडमसँग जनयुद्धको समयदेखि गरेको सहकार्य, पारिवारिक सम्बन्ध, पार्टी नेतृत्वसँगको सम्बन्ध र सहकार्यको स्मरण गर्दछु । उहाँको सरलता दुःख कष्टलाई सामान्य रुपमा पचाउने क्षमता धैर्यताको साथ साथै यहाँको योगदानको सम्मान गर्दछु ।’

त्यस्तै शर्माले कोरोनाकै कारण निधन भएका एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश अध्यक्ष मदन शर्मा र पुराना बामपंथी नेता श्रीधर अधिकारीको निधनप्रति पनि दुःख व्यक्त गर्दै समेवनापत्र पठाउनुभएको छ ।

कोरोनाका कारण जीवन संगिनिको निधनको महिना दिन पुग्दा नपुग्दै श्रीधर अधिकारी ‘ठूल्दाई’को निधन भएको भन्दै उहाँले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पठाउनुभएको छ ।

Facebook Comments