• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाको अभियान रुकुमपश्चिमका गाउँगाउँमाः आर्थिक उत्पादन र सामाजिक रुपान्तरण मुख्य एजेण्डा




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपश्चिमले गाउँगाउँमा आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरण अभियान सञ्चालन गरिररहेको छ ।

अभियानका क्रममा जनपरिचालनका साथै उत्पादन बृद्धि र संगठन निर्माणका काम भइरहेको नेकपा रुकुमपश्चिमले जनाएको छ । जिल्ला, पालिका, वडाहुँदै टोल र सेल तहसम्म बैठकका काम सकेको सो पार्टीले जनाएको छ । संगठन निर्माण, परिचालन र आर्थिक उत्पादनका कार्यक्रम बैठकहरुले तय गरेकाले अब तिहारपछि कार्यान्वायन तहमा जाने सो पार्टीले जनाएको छ ।

पार्टी र सरकारका काममा एकरुपता कायम गर्दै जनपरिचालनमार्फत अघि बढ्ने गरी अभियान सञ्चालन गरिएको केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज राजकुमार शर्मा ‘आर्ट’ले जानकारी दिनुभयो ।

पार्टी एकतापछि नेता कार्यकर्ता कामविहीन भइरहेको बेला देशभरिमै पहिलोपटक रुकुमपश्चिमले जिल्लाब्यापी अभियान तय गरेको थियो ।
‘उत्पादन, रोजगार एवम आर्थिक विकासका साथ समृद्धितिर अघि बढौं, सामाजिक सास्कृतिक रुपान्तरण र विकास गदै समाजवादको आधार तयार पारौं’ भन्ने नाराका साथ अभियान चलिरहेको छ ।

पार्टी संगठन र सरकारको सुद्धीकरण तथा सुदृढीकरण, तिव्र आर्थिक वृद्धि र रोजगारी श्रृजना, सामाजिकतथा साँस्कृतिक रुपान्तरण, रुपान्तरण सहितको समग्र नेतृत्व निर्माण, जनदिशा लागु गर्दै जनसंवन्ध सुदृढ र जननियन्त्रित सरकार सञ्चालन गर्नेमा सहयोग पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरिएको गोपाल शर्मा ‘अनल’ले जानकारी दिनुभयो ।

जसअनुसार जिल्ला र पालिकास्तरमा स्कुलविभाग गठन गरी नियमित स्कुल सञ्चालन गरने छ भने जिल्ला तथा स्थानीयस्तरमा पार्टीका सवै तहका पदाधिकारी तथा सदस्यहरुलाई अलगअलग बैचारिक,उत्पादन तथा सामाजिक रुपान्तरण अभियान बारे प्रशिक्षण दिइने छ ।

अभियानअन्तर्गत पार्टी सदस्यता नविकरण, जिल्ला तहमा एकता सम्पन्न भएका जवसहरुको इकाई तहसम्म कमिटी निर्माण, लेबी ब्यवस्थापन र सामाजिक रुपान्तरण समिति गठन गरिने छ ।

आर्थिक समृद्धिका अभियानअन्तर्गत हरेक टोलमा सहकार्य समूह बनाएर ‘एक सहकार्य समुह एक उत्पादन’को याजना लागु गर्ने, ‘एक वडा एक नमुना उत्पादन’ पकेट क्षेत्र निर्माण गर्ने, कृषि र वन पैदावारमाआधारित उद्योगहरु स्थापना गर्ने, सरकारमार्फत उत्पादन तथा रोजगार कार्यको लागि प्राप्त बजेटको सदुपयोग गर्ने, सहुलियत पुर्ण ऋणका लागि सहजीकरण गर्ने र व्यक्तिगतपुजी र श्रमको समेत परिचालन गर्ने, सरकारको संयन्त्रमार्फत सहकारी तथा लघुवित्त संस्थाहरुलाई परिचालन गर्ने र श्रम सहकारी लगायत सबै सहकारी तथा सहकार्य युनिट मार्फत श्रम र पुजींको एकिकृृत र व्यवस्थित परिचालन कार्यक्रम नेकपा रुकुमपश्चिमले अघि सारेको छ ।

त्यस्तै स्थानिय सरकारलाई प्रभावकारी बनाउन प्रत्येक वडामा युवाहरु, महिला,दलित समेतको सहभागितामा आर्थिक समृद्धि तथा रोजगार समिति र सामाजिक साँस्कृतिक रुपान्तरण समिति निर्माण गरी अभियान सञ्चालन गर्ने छ । जसका अनुसार सहकार्य यूनिटहरुलाई मद्धत गर्ने तिनलाई उत्पादन समुहको रुपमा परिचालन गर्ने, श्रम सहकारी गठन र व्यवस्थित परिचालनगर्ने, रोजगार र उत्पादन क्षेत्रको खोजी र पहिचान गर्ने, उत्पादनको लागिप्रविधि, साधनस्रोतको खोजी र आपूर्ति गर्नुको साथै बजारीकरणको व्यवस्था गर्ने, उद्योग स्थापनाको लागि पहल गर्ने, उत्पादनमा जनपरिचालन गर्ने, विविध तालिमको व्यवस्था गरी जनशक्ति र क्षमताविकास गर्ने र नेतृत्व प्रदान गर्ने कार्यक्रम पनि नेकपा रुकुमपश्चिमले अघि सारेको छ ।

त्यस्तै उत्पादक शक्तिको विकास र उत्पादनका साधनमा सामूहिक स्वामित्व स्थापना गर्ने, भूमिहिन, दलित तथा श्रममा मात्र आश्र्रित गरिब, उत्पीडित श्रमिकलाई प्राथमिकता दिई सहकार्य युनिट, श्रम सहकारी, उत्पादन सहकारी र वित्तिय सहकारीमार्फत कामसहितको मामको व्यवस्था गर्ने, बाँझो तथा सार्वजनिक जमिनको पहिचान गरि भुमिहिन तथा श्रमिकलाई सामुहिक खेतीगर्न व्यवस्थागर्ने, माटो, हावापानीको आधारमा सबै जमिनको उपयोग, वनजंगलअन्यप्राकृतिकश्रोतहरुको समुचितप्रयोग र परिचालनगरि उत्पादन र रोजगारी बृद्धि गर्ने, दलित तथा महिलाहरुको समुह,सहकारी निमार्ण गरि उत्पादन र रोजगार कार्यमा आवश्यक प्रविधि औजार लगायतअन्य सहयोग उपलब्ध गराउने कार्यक्रम पनि नेकपा रुकुमपश्चिमले अभियानमा क्रममा सञ्चालन गर्ने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

पालिकामा बनेका सहकार्य समूहलाई प्रतिसमुहलाई एक लाखसम्मको सहुलियत ऋण उपलब्ध गराइ कृषि कार्यमा लगानीको वातवारण बनाउने, गरिबहरुको पहिचान गरी सबैको अनिवार्य स्वास्थ्यविमा गर्ने, घरबास नभएका सबैलाई घर बासको व्यवस्थागर्ने, युवाहरुलाई प्राबिधिकतालिम, स्वयमसेवक, नगर प्रहरी, श्रम सहकारी, खोज अनुसन्धानकार्य, कलातथा साहित्य, खेलकुद, शैक्षिक क्षेत्र आदिमार्फत संगठित गरि परिचालनगर्ने, सरकारले नगर÷गाउप्रहरी निमार्ण तथा सञ्चालनगरि आर्थिक विकास तथा वातावरणीय र सामाजिक स्वच्छता कायमगर्न लागि पर्ने कार्यक्रम गर्ने तयारीमा नेकपा रुकुमपश्चिम जुटेको छ ।

अभियानका क्रममा बर्गीय, जातीय, सामाजिक, साँस्कृतिक, लिङ्गीयविभेद अन्त्य गर्दै सामाजिक एकता, सदभाव र सहिष्णुता कायम गर्न सचेतनामूलक कार्यक्रम अघि बढाइने अध्यक्ष शर्माले जानकारी दिनुभयो । त्यसैगरी बहुबिवाह, बालबिवाह, अनमेल बिवाह, महिला हिंसा आदिलाई अन्त्यगर्दै प्रेम सम्वन्ध तथा आपसी सहमतिय, प्रेममा आधारित अन्तरजातिय बिवाह बिवाह कार्यक्रमलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिने छ ।

Facebook Comments