• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ कर्णालीको आधार होः मुख्यमन्त्री शाही




कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले दाङ्ग कर्णाली प्रदेशको आधार भएको वताएका छन् । कर्णालीको मुख्यबजारका रुपमा दाङ्ग रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले दाङ्ग र कर्णालीलाई लिंक गर्नपर्ने कुरामा जोड दिएका थिए । ‘दाङ्ग र कर्णाली अलग अलग प्रदेश भएपनि परिपुरक जस्तै हुन्’ मुख्यमन्त्री शाहीको भनाई थियो ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले मिलेर विकासका पूर्वाधारमा काम गर्न अनुरोध गरे । उनले दाङ्ग समृद्ध भए कर्णाली र कर्णाली समृद्ध भए दाङ्ग समृद्ध हुने पनि वताए । दाङ्ग विकासका दृष्टिले धेरै सम्भावना भएको जिल्ला भएको समेत उनको भनाई थियो । ‘सुर्खेत र सल्यान दुवै सडकले दाङ्गलाई कर्णालीसँग जोडेको छ ’ मुख्यमन्त्री शाहीको भनाई थियो ।

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ्ग सुखेत सडक खण्ड निर्माणको अन्तिम चरणमा रहेको वताउँदै राप्ती राजमार्गका लागि १२ करोडको ठेक्का समेत भइसकेको वताए । कर्णालीका विद्यार्थीहरु दाङ्गमा धेरै पढ्नका लागि आउने भएको वताउँदै तुलसीपुर उपमहानगरपालिकासँग मिलेर संयुक्त लगानीमा कर्णाली होस्टेल निर्माणको काम अगाडी वढाउने पनि उनको भनाई थियो ।

राष्ट्रिय सभा सदस्य कोमल वलीले राप्ती राजमार्ग निर्माणको कामलाई अगाडी वढाउन कर्णाली प्रदेश सरकारको भुमिका महत्वपूर्ण हुने वताईन् । ‘हामी सँगै जोडिएका छौ विकास पनि सँगै गर्ने हो ’ उनले भनिन् ।

नेकपा दाङ्गका अध्यक्ष टिकाराम खड्काले कर्णाली र दाङ्ग प्रदेशका हिसाबले अलग भएपनि एकै भएको वताए । उनले तुलसीपुर विमानस्थल प्रयोग गरेर कर्णाली प्रदेशमा माउन्टेन फ्लाईट चलाउनका लागि कर्णाली प्रदेश सरकारलाई अनुरोध समेत गरे ।

वडा नम्बर ३ का वडाध्यक्ष विरवहादुर विकले दाङ्ग सल्यानको बैकल्पिक सडकको रुपमा दाङ्ग मखनटाकुरी लुहाम सडक विस्तारको पहल गर्न अनुरोध समेत गरे । कार्यक्रमको सहजिकरण तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।

मुख्यमन्त्री शाहीलगायतका कर्णालीको टोली पूर्वसभामुख एवं नेकपाका नेता कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली र समवेदनाका लागि दाङ आएको हो । टोली नवनिर्मिचत तुलसीपुर–सुर्खेत सडकहुँदै आएको थियो ।

Facebook Comments