• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेका आठै वडामा नेकपाको बैठक र प्रशिक्षण, जिल्लाभरि अभियान जारी




रुकुम पूर्वको सिस्ने गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको वडा कमिटी बैठक तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अभियानको रुपमा पार्टी सदस्यता नविकरण, कार्यकर्ता भेटघाट र प्रशिक्षणको कार्यक्रम गर्दै आएको नेकपा सिस्नेले गाउँपालिकाभर वडा कमिटी बैठक तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

गाउँपालिका भित्रका ८ वटै वडामा पार्टी प्रशिक्षण र वडा कमिटि बैठक सम्पन्न गरिएको गाउँपालिका इन्चार्ज बासुदेब गौतमले जानकारी दिनुभएको छ । गएको कार्तिक १४ गतेबाट वडा नम्बर ५ बाट वडा कमिटि बैठक तथा प्रशिक्षण कार्यक्रमको सुभारम्भ गरेको नेकपा सिस्नेले हिजो १ नम्बर वडामा पुगेर आफनो अभियान सम्पन्न गरेको छ ।

कोरोनाको जोखिम र नजिकै आइरहेको चाडपर्वलाई मध्यनजर गर्दै दुई समुहमा विभाजन भई गाउँपालिकाभर वडा कमिटि बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको इन्चार्ज गौतमले बताउनुभयो । उहाँका अनुसार १, २, ३ र ४ नम्बर वडामा नेकपा प्रदेश कमिटि सदस्य नन्दलाल शर्माको नेतृत्वमा र ५, ६, ७ र ८ नम्बर वडामा प्रदेश कमिटि सदस्य कृष्ण रेग्मिको नेतृत्वमा खटिएको टोलीले बैठक सम्मपन्न गरेको छ ।

वडा कमिटि बैठकबाट नेकपा सिस्नेले यसै महिनाभित्र पार्टी सदस्यता नविकरण तथा वितरणको काम सम्पन्न गरि सक्ने र अर्गानिक जिल्ला घोषणा कार्यक्रमलाई सार्थक तुल्याउन प्रत्येक वडामा अर्गानिक बस्तु के उत्पादन हुन्छ त्यसको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ । यस्तै कोरोनाको जोखिमलाई दृष्टिगत गरी नजिकै आएको महान चाड तिहार घरमै बसि सुरक्षित तरिकाले मनाउन सम्बन्धित वडाका नागरिकलाई आग्रह गर्ने निर्णय भएको गाउँपालिका इन्चार्ज गौतमले बताउनुभएको छ ।

नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज खेममान खड्का, नेकपा प्रदेश कमिटी सचिवालय सदस्य नन्दलाल शर्मा, प्रदेश कमिटी सदस्य कृष्ण रेग्मि, नेकपा प्रदेश कमिटी सदस्य एवम् राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य सुबोधराज शीर्पाली, सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोबरधन बुढा, नेकपा जिल्ला कार्यालय सचिव गोपाल रेउले, सिस्ने गाउँपालिका इन्चार्ज बासुदेव गौतम, सम्बन्धित वडाका वडा अध्यक्ष, नेकपा निकट विभिन्न भातृसंगठन लगाएत स्थानिय पार्टी कार्यकर्ताहरुको सक्रियतामा सिस्ने गाउँपालिकाभर नेकपाले वडा कमिटि बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

Facebook Comments