• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमकोट–चुनबाङ सडक बन्दै, सांसदहरुद्वारा अनुगमन




रुकुम पुर्वका सासंदहरुले निर्माणाधीन रुकुमकोट चुन्वाङ सडक खण्डको अनुगमन गर्नुभएको छ । सासंदहरु भौतिक पुर्वाधार विकास समिति सभापति आशा स्वर्णाकार, संविधानसभा सदस्य जुनकुमारी रोका र प्रदेशसभा सदस्य तेजबहादुर ओलीले आज जिल्लाको सिस्ने गाउँपालिका ५ स्थित नमस्तेको टावर देखि भुमे गाउँपालिका ८ मैहिबाङ होर्दिङसम्मको करिव ९ किलोमिटर निर्माणाधीन सडकको अनुगमन गर्नुभएको हो ।

अनुगमन टोलीमा जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र बहादुर ओली, उपप्रमुखअ भिमकुमारी पुन, प्रमुख जिल्ला अधिकारी राजकुमार राई, भुमे गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्ट, ५ नम्बर वडा अध्यक्ष शान्ते बहादुर विक, सिस्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहाल, जिल्ला समन्वय अधिकारी बिमला रोका श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको जिल्लाकै महत्वपुर्ण निर्माणाधीन सडक खण्डको अवस्था बुझन अनुगमन गरिएको लुम्बिनी प्रदेश भौतिक पुवार्धार विकास समिति सभापति आशा स्वर्णाकारले बताउनुभयो । अनुगमनका क्रममा सिस्ने ५ स्थित नमस्तेको टावर देखि होर्दिङ नजिकसम्मको सडकको अवस्था हेर्दा काम ठिकै गरेको पाइएको स्वर्णाकारले बताउनुभएको छ ।

उहाँकाअनुसार नमस्तेको टावर देखि महिबाङ गाउँ माथिसम्मको करिव ८ किलोमिटर सडकको ट्रयाक खोलि सकिएको छ । अव होर्दिङसम्म पुग्न करिव पाचँ सय मिटर सडकको ट्रयाक मात्र खोल्न बाकी रहेको छ । सडकको ट्रयाक खोलिएको करिव ६ किलोमिटर क्षेत्रमा वाल लगाउने साघुरो सडकलाई फराकिलो बनाउने काम सकिएको छ, भने बाकि २ किलोमिटर क्षेत्रमा वाल लगाउने र सडक फराकिलो बनाउने काम भइरहेको छ ।

प्रदेश सभा सदस्य तेजबहादुर ओलीले पनि समग्रमा अहिलेसम्मको काम सन्तोषजक रहेको बताउनुभएको छ । होदिङसम्मको सडकको गति ठिकै देखियो ओलीले भन्नुभयो अव उक्त सडकको जिरो पोइन्ट नजिक मैदान तिर थोरै विवाद छ त्यसैलाई मिलाउन बाकि छ ।

मैदान स्थित पुरानो खानेपानी टयाङकी नजिक सडक कताबाट खन्ने भने विषयमा स्थानियविच कुरा नमिल्दा केहि विवाद देखिएको उहाँले बताउनुभयो । तत्काल उक्त विवाद मिलाई सडकको ट्रयाक खोल्ने वातावरण बनाउन जिल्ला समन्वय समितिको टोलीलाई निर्देशन दिइएको ओलीको भनाई छ । जति सक्दो छिटो चुन्वाङलाई सदरमुकाम रुकुमकोटसंग जोडन रुकुमकोट खण्डमा तिव्र गतिमा काम भइरहेको छ ।

केहि ढिला भएको उत्ता चुन्वाङ खण्डको पनि समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई तोकेता गर्ने र अटेरी गरे कार्वाहिको प्रकृया चाल्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको समेत ओलीले बताउनुभएको छ ।

Facebook Comments